बाह्रखरी
भर्खरै
sticky  ncell
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन : ८७ प्रतिशत मत खस्यो 
बाह्रखरी - शनिबार, चैत २८, २०७७
Laxmi Bank
Laxmi Bank

जनकपुरधाम । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वको लागि शनिबार मतदान सम्पन्न भएको छ । जनकपुरधाम उपमहानगरपालिकास्थित गोपाल धर्माशालामा मतदान भएको थियो ।

निर्वाचन समितिका संयोजक सन्तोष साहका अनुसार कुल मतदाता पाँच हजार २७ मध्ये चार हजार ३११ मत खसेको छ । करिब ८७ प्रतिशत मतदान भएको जनाइएको छ । मतगणना शनिबार राति ९ बजेदेखि सुरु हुने उनले जानकारी दिए ।

Rohto Landing

Agani Group

संघको अध्यक्षको लागि जितेन्द्र महासेठ र जितेन्द्रप्रसाद साहबीच प्रतिस्पर्धा छ । महासेठ संघका वर्तमान महासचिव हुन् भने साह वरिष्ठ उपाध्यक्ष हुन् । महासेठलाई जनता समाजवादी पार्टी (जसपा) र नेकपा (एमाले)को समर्थन छ भने साहले नेपाली कांग्रेसको साथ पाएका छन् ।

यस्तै, वरिष्ठ उपाध्यक्षमा व्यवसायी मनीषरमन साह र सुरेन्द्र भण्डारीबीच कडा प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । साहलाई कांग्रेस र भण्डारीलाई एमालेको समर्थन छ ।

sarbottam cement

एक उपाध्यक्षका लागि सातजना उमेदवार चुनावी मैदानमा छन् । श्यामप्रसाद साह, सन्तोषकुमार साह, लक्षमण साह, अनिलकुमार प्रधान, अम्भप्रसाद साह, रमेशकुमार यादव र फुलगेन साह उपाध्यक्षका उम्मेदवार हुन् । महिला उपाध्यक्षमा दिपीका राय निर्विरोध निर्वाचित भइसकेकी छन् ।

यस्तै, महासचिवमा सात उमेदवारबीच प्रतिस्पर्धा छ । महासचिव बन्न कृष्णकुरारी साह, रामकुमार महासेठ, अशोककुमार चौधरी, सुधीर पञ्जियार, मनोजकुमार साहसहित चुनावी मैदानमा छन् ।

सचिवका लागि गोपीकुमार साह, सन्तोषकुमार महासेठ र फुलदेव पण्डितले प्रतिस्पर्धा गरिरहेका छन् । कोषाध्यक्षमा रमेश्वर साह, मनोजकुमार शर्मा र विजयकुमार साहबीच प्रतिस्पर्धा छ । एसोसिएट सदस्यमा राजीवकुमार साह निर्विरोध निर्वाचित भइसकेका छन् ।

एक महिला सदस्यका लागि सरिता ठाकुर र माया कुमारीबीच प्रतिस्पर्धा छ । कार्यकारी सदस्यका लागि ११ जनाबीच प्रतिस्पर्धा छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
शनिबार, चैत २८, २०७७ मा प्रकाशित
Dishhome
Dishhome
प्रतिक्रिया दिनुहोस्