site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पत्रकार महासंघमा पोखरेलको प्यानल विजयी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा विपुल पोखरेल निर्वाचित भएका छन् । आज सम्पन्न मतगणनामा अध्यक्षका प्रत्यासी निर्मला शर्मालाई हराउँदै पोखरेल निर्वाचित भएका छन् ।

निर्वाचन समितिका सदस्यसचिव भक्ति घिमिरेका अनुसार पोखरेलले छ हजार ९४२ मत ल्याई विजयी भएका हुन् । उनका निकटम प्रतिद्वन्द्वी शर्माले तीन हजार ९१५ मत प्राप्त गरेकी छन् । अध्यक्षकै अर्का उमेदवार गजेन्द्रसिंह बुढाथोकीले ४९१ मत र रामप्रसाद दाहालले १५६ मत प्राप्त गरेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यही चैत २५ गते पहिलोपटक महासंघमा प्रत्यक्ष निर्वाचन प्रणालीबाट मतदान गरिएको थियो । पोखरेल प्यानलका अधिकांश उमेदवार विजयी भएका हुन् ।

निर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रमेश विष्ट, महिला उपाध्यक्षमा बाला अधिकारी, समावेशी उपाध्यक्षमा उदय जीएम, महासचिवमा रोशन पुरी र कोषाध्यक्षमा कलेन्द्र सेजुवाल निर्वाचित भएका छन् ।

Global Ime bank

यस्तै, खुला सचिवमा गोविन्द चौलागाईँ, सचिव (महिला)मा सिर्जना अर्याल, सचिव (आदिवासी जनजाति) नारायणसुन्दर किलम्बू, सचिव (मधेसी) दीपेन्द्र चौहान, सचिव (दलित)मा हेमकर्ण विक र सचिव (एसोसिएट)मा पवन आचार्य निर्वाचित भएका छन् । यस्तै, लेखा समिति संयोजकमा लेखनाथ न्यौपाने निर्वाचित भएका छन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १८:५५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC