काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रको चौथो पुस्तक ‘राजनीतिसँगै राजकाज’ सार्वजनिक गरिएको छ ।
शनिबार काठमाडौंमा एक कार्यक्रमका बीच पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. स्वर्णिम वाग्लेले पुस्तकको विमोचन गरे ।
पुस्तकमा मिश्रले नेपालको राजनीतिको उठान, अभ्यास र वर्तमान अवस्थालाई केलाएका छन् । उनले नेपाली राजनीतिको दूरगामी लक्ष र अहिले भइरहेको अभ्यास विरोधाभाषपूर्ण रहेको टिप्पणी पुस्तकमार्फत गरेका छन् ।
राजनीतिक कार्यकर्ता, राजनीतिक दल, सरकार र समाजको मनोविज्ञानले संविधानको प्रस्तावमा उल्लेख भएका नेपालको दृश्य पूरा हुन असम्भव रहेको निष्कर्ष उनले दिएका छन् ।
कार्यक्रममा डा. भट्टराई र डा. वाग्लेले पुस्तक र समसामयिक राजनीतिबारे चर्चा गरेका थिए ।