विराटनगर । प्रदेश नम्बर-१ मा शनिबार कोरोनाभाइरसका २१ संक्रमित थपिएका छन् । मोरङमा १०, झापामा ६, सुनसरीमा चार र प्रदेश-१ बाहिरका एकजना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा ६, पथरीशनिश्चरे, सुन्दरहरैचा, केराबारी र स्थानीय तह नखुलेका एक/एकजना, झापाको दमकमा चार, बिर्तामोड र भद्रपुरमा एक/एक, सुनसरीको धरानमा दुई, इटहरी र दुहवीमा एक/एक र प्रदेश-१ बाहिरका एकजनामा संक्रमण देखिएको छ । प्रदेश-१ मा आजसम्म ३० हजार ४३८ जनामा संक्रमण देखिएको छ ।
प्रदेश-१ मा शनिबार १९५ जनाको पीसीआर परीक्षण गर्दा सात महिला र १४ पुरुषको रिपोर्ट पोजिटिभ आएको हो । हालसम्म दुई लाख ३२ हजार ९५३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।