site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
ओली प्रधानमन्त्रीका लागि अयोग्य भइसके, विकल्प दिनुपर्छ : प्रकाशमान 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले वर्तमान सरकारले नागरिकको विश्वासमाथि घात गरेको बताएका छन् ।  शनिबार टोखामा आयोजित एक कार्यक्रममा नेता सिंहले नैतिकता नभएका प्रधानमन्त्री धेरै समय राख्न नहुने भन्दै तत्काल केपी शर्मा ओलीको विकल्प खोज्नुपर्ने बताए ।

‘‘प्रधानमन्त्री ओलीले संविधान मिचेर आफू अनैतिक भएको पुष्टि गरिसक्नुभयो । अन्तर्राष्ट्रिय प्रचलन, संवैधानिक दृष्टिकोणले पनि ओली प्रधानमन्त्री पदका लागि अयोग्य भइसके । अब ओलीको विकल्प तल्काल दिनुपर्छ,’’ उनले भने ।

Prabhu Bank
Agni Group
NIC Asia

राजनीति ठिक भएमा सामाजिक, आर्थिकलगायत सम्पूर्ण क्षेत्रको विकास हुने भन्दै उनले राजनीति गर्ने नेतामा नैतिकता हुन जरुरी रहेको पनि बताए । ओलीमा अलिकति पनि नैतिकता नभएको र ओलीलाई प्रधानमन्त्रीमा बसिरहन दिए आफूहरुको पनि नैतिकतामा प्रश्न उठ्ने उनको भनाइ थियो ।

विगतका घटनाले वर्तमान सरकार भ्रष्टाचारमा लिप्त भएको पुष्टि भइसकेको भन्दै उनले ओली सरकारले भ्रष्टाचारीलाई संरक्षण गरिरहेको आरोप लगाए ।

Global Ime bank

सरकार परिवर्तन गर्न कांग्रेस एक्लैको बहुमत नपुग्ने हुँदा ढिला भएको बताउँदै उनले आफूहरुलाई जनताले प्रतिपक्षमा बस्ने अभिमत दिए पनि कम्युनिस्टहरुले देश सञ्चालन गर्न नसकेका कारण सरकार निर्माणमा अग्रसर भएको उल्लेख गरे ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १५:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC