site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पत्रकार महासंघको निर्वाचन : १६ जिल्लाको मतपरिणाम आउन बाँकी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनको लागि भएको मतदानको मतपरिणाम आउने क्रम जारी छ ।

निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिलेसम्म मुलुकका विभिन्न ६० जिल्लाको मतपरिणाम आइसकेको छ । रुकुमपूर्वबाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाको मतपरिणाम आउन बाँकी रहेको उनले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाडौ जिल्लाको मतगणना भइरहेको छ । पछिल्लो मतपरिणामानुसार विपुल पोखरेल नेतृत्वको प्यानल नै अगाडि आइरहेको छ । पोखरेल नेतृत्वको प्यानल अर्का प्रतिस्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानलभन्दा दुई हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए ।

पछिल्लो मतपरिणामानुसार पोखरेल नेतृत्वको समूहले पाँच हजार ३०० मत र शर्मा नेतृत्वको समूहले तीन हजार मत ल्याएको सिलवालले जानकारी दिए ।

Global Ime bank

विद्युत् आपूर्तिमा समस्या आएकाले जाजरकोट, हुम्लालगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आइपुग्न कठिनाइ भएको उनले बताए बताए ।

मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  १३:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC