site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
बैंगलोरको सुखद सुरुआत 
Sarbottam CementSarbottam Cement

काठमाडौं । १४ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा विराट कोहलीको कप्तानीमा रहेको रोयल च्यालेन्जर्स बैंगलोर सुखद सुरुआत गरेको छ । आइतबार भएको प्रतियोगिताको पहिलो खेलमा मुम्बई इन्डियन्सविरुद्ध २ विकेटको जित निकाल्दै प्रतियोगितामा राम्रो सुरुआत गरेको हो ।

एमए चिदंबरम स्टेडियममा मुम्बई इन्डियन्स प्रस्तुत गरेको १६० रनको लक्ष्य बैंगलोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै पूरा गर्यो ।  

Prabhu Bank
Agni Group
NIC Asia

बैंगलोरका लागि एभी डिभिलियर्सले सर्वाधिक ४८ रनको योगदान गरे । त्यस्तै ग्लेन म्याक्सवेलले ३९ रन बनाउँदा कप्तान विराट कोहलीले ३३ रन बनाए । 

बलिङतर्फ मुम्बईका लागि जस्प्रित भुम्राह र मार्को जेसनले समान दुई–दुई विकेट लिए । त्यस्तै ट्रेन्ट बोल्ट र कुर्नाल पाड्याले समान एक–एक विकेट लिए । 

Global Ime bank

यसटस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५९ रन बनाएको हो । 
मुम्बईका लागि क्रिस लायनले ४९ रनको योगदान गरे । त्यस्तै सूर्यकुमार यादवले ३१ रन बनाउँदा इसन किसनले २८ रन बनाए । 

मुम्बईका लागि कप्तान रोहित शर्माले १९ रन बनाउँदा हार्दिक पाड्याले १३ रन बनाए । बलिङतर्फ बैंगलोरका लागि हर्सल पटेलले सर्वाधिक ५ विकेट लिए । ४ ओभर बलिङ गरेका उनले २६ रन खर्चे । त्यस्तै जेमिसन र वासिन्टन सुन्दरले समान एक–एक विकेट लिए । 

खेलमा जित निकाल्दै बैंगलोरले तालिकामा २ अंक जोडेको छ । यता, साविक विजेता मुम्बईले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, चैत २८, २०७७  ०९:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC