site stats
बाह्रखरी :: Baahrakhari
सम्पादकीय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement

संविधान जारी भएलगत्तै संशोधनका लागि मधेसी मोर्चाको मागमा सरकार लचिलो भएपछि राज्य नराम्ररी अस्थिरताको भुमरीमा फसेको छ । संविधान कार्यान्वयनको पहिलो चक्र पूरा भएपछि मात्र संशोधनको चरणमा प्रवेश गरेको भए त्यो सामान्य संवैधानिक प्रक्रियामात्र हुनेथियो । तर, राजनीतिक नेतृत्व दूरदर्शी नहुँदा अहिले मुलुक संक्रमणबाट मुक्त नै नहुने जोखिममा परेको छ । कथित शीर्ष नेताहरूमा रहेको  राजनीतिक सहमतिलाई विधि र नैतिकताभन्दा ठूलो मान्ने र पीडाको क्षतिपूर्ति पैसाले हुन्छ भन्ने ठान्ने प्रवृत्तिले देशलाई थिलथिलो बनाएको छ । तर, अझै पनि नेताहरू तत्कालको अप्ठेरो टार्न देश र जनतामाथि जस्तोसुकै बोझ थप्न उद्यत देखिन्छन् । नेपालको संविधान, २०७२ मा संशोधन गरेर प्रतिनिधिसभाका सदस्यको संख्या बढाउने वा माघ ७ भित्र सबै तहको चुनाव गर्नुको साटो पदावधि थप गर्ने प्रयास गैरजिम्मेवार तथा अदूरदर्शी राजनीतिक नेतृत्वको आत्मघाती मूर्खता हो ।

एकातिर संसद्मा प्रस्तुत भइसकेको संविधान संशोधन प्रस्ताव बेवारिसे हुनलागेको छ । समाचारअनुसार सत्तारुढ दलका शीर्ष नेताहरू भने कसैले मागै नगरेको र देशको हितमा पनि नहुने सांसद संख्या बढाउने प्रस्ताव अगाडि सार्दैछन् । प्रचलित संविधानअनुसार क्षेत्र निर्धारण हुँदा प्रतिनिधिसभामा प्रत्यक्ष बालिग मताधिकारबाट निर्वाचित १६५ जना र समानुपातिकबाट ११० जना सदस्य हुन्छन् । यसैगरी राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ । संविधानको धारा १७६ को उपधारा (१) को खण्ड (क) र (ख) अनुसार प्रदेशसभाका सदस्य संख्या कायम हुँदा सातवटा प्रदेशसभामा ५५० जना गरी कुल संख्या ८४४ पुग्नेछ । तर, अहिले चर्चा गरिअनुसार हालको २ सय ४० वटै संसदीय क्षेत्र कायम गर्ने हो भने समानुपातिक सदस्यसमेत गर्दा प्रतिनिधि सभा नै ३०० सदस्यीय हुनेछ । त्यसमा राष्ट्रिय सभा र संविधानको धारा १७६ को उपधारा (१) को खण्ड (क) र (ख) अनुसार सातवटा प्रदेश सभाका सदस्यको संख्या ८०० समेत गरी १ हजार २५९ पुग्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यति धेरै संख्याका विधायकलार्इ पाल्नमात्र हैन तिनलाई काम दिनसमेत राज्यका लागि कठिन हुनेछ । त्यसमाथि स्थानीय तहमा निर्वाचित प्रतिनिधि त छँदैछन् । जनतासँग प्रत्यक्ष सरोकार हुने भएकाले स्थानीय जनप्रतिनिधिको भूमिका र खर्च पनि प्रदेश सभा र संघीय संसद्को भन्दा कम हुनेछैन । यसैले प्रस्तावित व्यवस्था राष्ट्रका लागि हितकारी हुने देखिँदैन । आर्थिक र व्यवस्थापकीयभन्दा पनी राजनीतिक दृष्टिबाट हेर्दा अहिले संविधान संशोधन गर्नेभन्दा यसको कार्यान्वयनको चक्र पूरा हुन दिनु बुद्धिमानी हुनेछ । यसै पनि संसद्मा प्रस्तुत संशोधन विधेयकसमेत पारित हुन नसक्ने अवस्था छ । हुनत, राजनीतिक नेता र कर्मचारीको स्वार्थमा राज्यको ढुकुटी दोहनका लागि राजनीतिक सहमति जुट्न र कानुनी गाँठो फुक्न सहज हुने गरेको छ । तैपनि, चुनावका मुखमा जनताले नरूचाउने संशोधन गर्न राजनीतिक दलहरू तयार हुन मुस्किलै छ ।

अर्कातिर, संविधान कार्यान्वयनका क्रममा कम्तीमा एउटा चक्र पूरा भएपछि संशोधनको प्रयास गरिएमा राजनीतिक अस्थिरता उत्पन्न हुनेछैन । यसैले कसैले नचाहेको र देशको भलो पनि नहुने बुँदामा संशोधनको चर्चा चलाएर सरकारले आफ्नै लागि प्रत्युत्पादक हुने काम गरेको छ । अहिले संसद्को सदस्य संख्या थप गर्नेगरी संविधान संशोधनको प्रस्ताव अगाडि सार्नु नदुखेको कपाल डोरी लगाएर दुखाउने भनेजस्तो हुन्छ । विपक्षी दलहरू र नागरिक समाजले पनि सरकारका यस्ता असान्दर्भिक र अनुपयुक्त प्रयासको निगरानी राख्नुपर्छ । संसद्को अवधि लम्याउने वा सांसदको संख्या बढाउने प्रयास प्रधानमन्त्री शेरबहादुर देउवाका लागि पनि प्रत्युत्पादक सिद्ध हुने निश्चित छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार २९, २०७४  १८:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC