देश
भोजपुर । चार्जमा राखेको मोबाइल पड्किँदा एक महिला गम्भीर घाइते भएकी छिन् । भोजपुरको षडानन्द नगरपालिका–१० बस्ने ५३ वर्षीय शर्मिला तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
तामाङको हात, छातीलगायत ठाउँमा गम्भीर चोट लागेको प्रहरीको भनाइ छ । घाइतेको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
यसैबीच, प्रहरीले दुई केजी गाँजासहित एक युवकलाई पक्राउ गरेको छ । प्रहरीले हतुवागढी गाउँपालिका–९, कोप्चेबाट २३ वर्षीय मनीष तामाङलाई पक्राउ गरेको हो । रासस
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७ २०:१६
प्रतिक्रिया दिनुहोस्