site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अब हात–हातमा ‘माई सेकेन्ड टिचर’ 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोरोना संक्रमणको दर बढेसँगै फेरि लकडाउन हुने आशंकाबीच विद्यालयको पठनपाठन चलिरहेको छ । तर, कोरोना कहरले बिथोलिएको शैक्षिक क्षेत्रमा यसपटक मलमको रुपमा आएको छ, माई सेकेन्ड टिचर । 

शैक्षिक क्षेत्रमा आमुल परिवर्तन गर्ने उद्देश्यले ई–लर्निङ प्ल्यार्टफर्ममा आएको माई सेकेन्ड टिचर नयाँ वर्ष ०७८ बाट प्रोडक्टको रुपमा देशैभरि उपलब्ध हुँदैछ ।
वेबसाइटमा https://mysecondteacher.com.np/ मा गएपछि कक्षा १ देखि १२ सम्मका सम्पूर्ण विषयका भिडियोहरु अन्तक्र्रियात्मक रुपमा राखिएको छ । यो माध्यम नेपालको शैक्षिक क्षेत्रमा कोशेढुंगा सावित हुने इन्नोभेट टेकका संस्थापक अध्यक्ष सुलभ बुढाथोकी बताउँछन् । ‘माई सेकेन्ड टिचर’ निर्माणसमेत गरेका बुढाथोकी एकवर्ष लगाएर क्याम्ब्रिजका विद्वान प्राध्यापकको सहयोगमा प्रोडक्ट तयार गरेका थिए ।
 
‘माई सेकेन्ड टिचर’ यसअघि नै बुढाथोकीले बनाएर विश्वका १८ विकसित देशका क्याम्ब्रिज स्कुलहरुका हजारौँ विद्यार्थी, शिक्षक तथा अभिभावकहरुले प्रयोग गर्दै आएको उनले पत्रकार सम्मेलनमा जानकारी दिए । 

Prabhu Bank
Agni Group
NIC Asia

पत्रकार सम्मेलनमा उनले वेबसाइट कसरी चलाउने भनेर डेमोस्ट्रेसन समेत दिएका थिए । जसमा अन्तरक्रियात्मक भिडियोमा जीव विज्ञानमा रक्त सञ्चार र धमनीबारे पढाइएको थियो । नेपाली र अंग्रेजी दुवै भाषामा पढाइएको भिडियोमा सुरुमा पढाइने विषयवस्तुमा के–के पढाइने र विद्यार्थीेले सो पाठ्यक्रम पढेपछि के–के सिक्छन् भन्ने उल्लेख छ । पढाएको बुझाउन चित्रहरुको प्रयोग गरिएको छ भने विद्यार्थीले बुझे नबुझेबारे जाँच गर्न रमाइलो क्विज पनि राखिएको छ । यस्तै, वेबसाइटमा विद्यार्थीको लागि ड्यासबोर्ड बनाइएको छ । जसमा विद्यार्थीले कुन विषय पढे र कति बुझे भन्नेबारेको ज्ञान शिक्षकले सजिलै हेर्न सक्छन् । नबुझेका कुरा अनलाइनबाट सजिलै सोध्न मिल्ने र अनलाइन ट्युटर सेवा पनि रहेको छ । त्यस्तै, अभिभावकले त्यस बारेमा तुरुन्तै जानकारी पाउन सक्छन् । विद्यार्थी कहाँ केमा कमजोर छ, वेबसाइटमा रहेको रिपोर्टकार्डले देखाउने छ । आफ्नो क्षमता जाँच्न विद्यार्थीले सुरुमै टेस्ट लिन सक्नेछन् । यस्तै, साइटमा कति विद्यार्थी कुन विषय पढिरहेका छन्, कुन शिक्षकले के पढाइरहेका छन् ? जस्ता प्रत्यक्ष जानकारी बाहिर बसेर पनि लिन सकिने बुढाथोकी बताउँछन् ।

निजी विद्यालयलाई केही प्रतिशत शुल्क लिएर साइट प्रयोग गर्न दिने बताइए पनि सरकारी विद्यालयलाई भने निःशुल्क प्रयोग गर्न दिने बताइएको छ ।
 
हाल एसईई दिने विद्यार्थीलाई लक्षित गरेर ल्याइएको गणित, विज्ञान, अंग्रेजी र ऐच्छिक अर्थशास्त्र विषयका शिक्षक विद्यार्थीको कुराकानीमा आधारित अन्तरक्रियात्मक भिडियो सामग्री देशभर उपलब्ध हुनेछन् ।
 
सन् २०२० मा एसिया प्यासिफिक क्षेत्रका उत्कृष्ट १० ई–लर्निङ प्ल्यार्टफर्ममा पर्न सफल ‘माई सेकेन्ड टिचर’ अमेजन वेब सर्भिसेसको एड स्टार्ट अवार्डबाट समेत सम्मानित छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC