site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मन्त्रीले रंगशालामा लामाे भाषण गरेकाे भन्दै विराेधमा दर्शकले गरे ‘हुटिङ’
Ghorahi CementGhorahi Cement

विराटनगर । विराटनगरस्थित सहिद रंगशालामा प्रदेश नम्बर १ की सामाजिक विकासमन्त्री उषाकला राईले लामो भाषण गरेपछि खेल हेर्न पुगेका दर्शकबाट विरोधको सामना गर्नु परेको छ । गएराति प्रदेश राजधानीको औपचारिक कार्यक्रममा  मन्त्री राईले लामो भाषण गरेपछि उपस्थित दर्शकले ‘हुटिङ’ माफर्त भाषण छोट्याउन आग्रह गरे । 

सामाजिक विकास मन्त्रीको जिम्मेवारी प्राप्त गरेर पदभार ग्रहणपछि विभागीय मन्त्रीको रूपमा सहभागि भएको पहिलो कार्यक्रममै उनले भाषण रोक्न भन्दै हुटिङको सामना गर्नु पर्‍याे । 

Agni Group

गएराति विराटनगरमा सुरु भएको छैटौं विराट गोल्डकप फुटबल प्रतियोगिता उद्घाटन कार्यक्रममा मन्त्री राई विभागीय मन्त्रीको हैसियत अतिथि थिइन । उनको सम्बोधन गर्ने पालो आउँदा निकै ढिलो भइसकेको थियो । सहिद रंगशालमा प्रतियोगिता गराउन फ्लड लाइट बालिएको थियो । दर्शकले खेलकुद सुरु गर्न आग्रह गरिरहेका थिए । तर, मन्त्री राईले भने आफ्नो भाषण छोट्याउनुको साटो झन् लम्ब्याउन थालेपछि रंगशालाको पूर्वपट्टिको प्यारापिटमा खचाखच भरिएका दर्शकले ‘नो भाषण’ भन्दै हुटिङ गर्न थाले । तर पनि मन्त्रीले भाषण रोक्ने छाँटकाँट नदेखाएपछि चारै तर्फबाट दर्शकले हात उठाएर हुटिङमार्फत मन्त्रीको भाषणको विरोध गरे । 

पाहुना टोली युनाईटेड फुटबल क्लब सिक्किम र घरेलु टोली विराटनगर–११ बीचको प्रतियोगिता हेर्न दर्शक आतुर थिए । तर औपचारिक कार्यक्रमका कारण प्रतियोगिता सुरु हुन ढिलाइ भइरहेको थियो । “खेल सुरु गर्नुको साटो मन्त्रीले लामो भाषण गरेपछि हामीले विरोध गरेकाहौं,” एक जना दर्शक दिपेश साहले भने ।

Global Ime bank

पछि कार्यक्रमको प्रखुम अतिथिका रूपमा भाषण गरेका मुख्यमन्त्री शेरधन राईले दर्शकको चाहना खेल हेर्ने भएको भन्दै आफ्नो भाषणलाई छोट्याएका थिए ।

बिहीबार रातिको प्रतियोगितामा विराटनगरले सिक्किमलाई २–१ गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत २७, २०७७  १३:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC