




काठमाडौं । रेमिट्यान्स कारोबार कम्पनी वल्ड रेमिट र इसेवा मनि ट्रान्सफरबीच अन्तरदेशीय रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ । सम्झौतासँगै विश्वभर रहेका वल्र्ड रेमिटका ग्राहकले परिवार, आफन्तजन तथा साथीभाइलाई रियल टाइममै इसेवा वालेटमा रेमिट्यान्स पठाउन सक्नेछन् ।
इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले डिजिटल अन्तरदेशीय भुक्तानी सेवामा विश्वकै अग्रणी कम्पनी वल्र्ड रेमिटसँग साझेदारी गर्न उत्साहित रहेको बताए ।
वल्र्ड रेमिटमार्फत नयाँ ग्राहक बनेर प्रमोकोड प्रयोग गरी पहिलो पटक इसेवा खातामा रकम पठाउँदा कुनै पनि शुल्क नलाग्ने जनाइएको छ ।






प्रतिक्रिया दिनुहोस्