बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
प्रधानमन्त्रीको आग्रह– उपभोग्य वस्तु आयात नगरौँ  
बाह्रखरी - बिहीबार, चैत २६, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यकबाहेक उपभोग्य वस्तु आयात नगर्न आग्रह गरेका छन् । उनले व्यापार घाटा सन्तुलनमा ल्याउन, विदेशी मुद्रा सञ्चिति बढाउँदै आर्थिक विकास गर्न उपभोग्य वस्तुको आयात गर्न नहुने बताए ।

“उपभोग्य वस्तु आयात गर्ने होइन, अत्यावश्यक वस्तु मात्रै आयात गर्ने हो । त्यसपछि मात्रै व्यापार असन्तुलन मिल्छ । व्यापार घाटा सन्तुलमा आउनेबित्तिकै मुद्रा सञ्चिति बढ्छ । त्यसले आर्थिक गतिविधिलाई बढावा दिन्छ,” उनले भने ।

Agani Group

बिहीबार राजधानीमा नेपाल चेम्बर अफ कमर्सको ७०औँ वार्षिक साधारणसभामा उनले देशमा आवश्यक नै नभएको वस्तु प्रयोग गर्न आयात हुने गरेको भन्दै आन्तरिक उत्पादन बढाउन र त्यसैको खपत गर्न आवश्यक रहेको बताए ।

प्रधानमन्त्री ओलीले कोभिड–१९ ले नेपालको अर्थतन्त्रलाई धेरै धक्का नदिएको बताए । “पर्यटन क्षेत्र, होटेल क्षेत्रसहित प्रभावित भएको छ । “अर्थतन्त्र कोभिडले क्षति नभएको होइन । तर, त्यति अर्थतन्त्रमा धक्का परेको छैन, जति विश्वका अन्य देशमा परेको छ,” उनले भने ।

sarbottam cement

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले आर्थिक समृद्धिका लागि सरकार र निजी क्षेत्र एक हुनुको विकल्प नभएको बताए ।

साधारणसभाले आगामी दुईवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत २६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्