site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेप्सेमा सामान्य वृद्धि हुँदा ऐतिहासिक विन्दु नजिक नेप्से, साढे ६ अर्बको कारोबार
Sarbottam CementSarbottam Cement

काठमाडौं । सेयर बजारले ऐतिहासिक रेकर्ड बनाएको साताको अन्तिम कारोबार दिन बजार परिसूचक नेप्से सामान्य वृद्धि भएको छ । बिहीबार बजार परिसूचक नेप्से २.७४ अंकले वृद्धि हुँदा २६७४.३६ अंकमा बन्द भएको छ ।

गएको मंगलबार ३६७४.४७ अंकको ऐतिहासिक विन्दुमा पुगेको नेप्सेमा बुधबार सामान्य करेक्सन भएको थियो । आज नेप्सेमा सामन्य वृद्धि हुँदा उक्त रेकर्ड तोडेर नयाँ उचाइ कायम गर्न ०.११ अंकले मात्रै तल रह्यो । बुधबार करिब ३ अंकले घटेको नेप्से आज सातको अन्तिम करोबार दिन करिब ३ अंकले नै बढेको हो ।

चैत मसान्त नजिकिएको अवस्थामा लगानीकर्ता ‘वेट एन्ड सी’को  अवस्थामा देखिएका छन् । जसले गर्दा बजार परिसूचकका साथै कारोबार रकममा खासै उतार–चढाव देखिएन ।

Prabhu Bank
Agni Group
NIC Asia

मंगलबार सवा सात अर्बको कारोबार भएको बजारमा आज साढे ६ अर्बको कारोबार भएको छ । आज नेप्सेमा ६ अर्ब ५५ करोड ६६ लाख १७ हजारको कारोबार हुँदा १ करोड ३३ लाख ७६ हजार कित्ता सेयर किनबेच भयो ।

आज बजारमा उपसूचकहरु भने मिश्रित देखिएका छन् । बिमा र बैंकिङ क्षेत्रको उपसूचक हरियो हुँदा हाइड्रोपावर, उत्पादन, लगानी, निर्जीवन बिमाको उपसूचक भने रातो भएका छन् । वित्त कम्पनी उपसूचक सर्वाधिक ३.१८ प्रतिशत, लघुवित्त उपसूचक २.०९ प्रतिशत र बजारलाई लिड गर्ने बैंकिङ उपसूचक ०.१ प्रतिशतले बढेको छ ।

Global Ime bank

यता, अन्य उपसूचक सबैभन्दा धेरै १.०७ प्रतिशतले ओरालो लाग्दा हाइड्रोपावर उपसूचक ०.८८ प्रतिशत र व्यापार उपसूचक ०.८१ प्रतिशतले घटेको छ ।

कारोबार रकममा अपर तामाकोसीले लिड गरेको छ । कम्पनीको ३५ करोड ९३ लाख ९० हजारको कारोबार हुँदा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २४ करोड ६२ लाख ८७ हजार र नेपाल बैंकको २४ करोड १ लाख  ६४ हजारको कारोबार भएको छ ।

बिहीबार एनआईसी एशिया लघुवित्त, ग्रीन लाइफ हाइड्रोपावर, ज्योति लाइफ इन्स्योरेन्स, मल्टिप्रपोज फाइनान्स, रिलायन्स फाइनान्स र ग्लोबल  आईएमई लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।  युनिभर्सल पावर र रसुवागढी हाइड्रोपावरको सेयर मूल्य भने ४ प्रतिशतमाथिले घटेको छ ।

आज कारोबार आएकामध्ये ९७ कम्पनीको सेयर मूल्य वृद्धि हुँदा ७२ कम्पनीको घटेको छ । यस्तै, १० कम्पनीको मूल्य स्थिर भए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC