site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
एउटा ‘भाइरल’ गीत अर्थात ‘फुलबुट्टे सारी’ हिन्दी र अंग्रेजी भाषामा गाउन सकिँदैन ?
Ghorahi CementGhorahi Cement

काठमाडौं । राजनराज शिवाकोटीको गीत ‘फुलबुट्टे सारी’ पछिल्लो केही समययता चर्चाको शिखरमा छ । यो गीत हास्यकलाकार मदनकृष्ण श्रेष्ठदेखि युगाण्डाकी गायिका बियोन्सेसम्मले गाए । मेल भर्सन, फिमेल भर्सन, चाइल्ड भर्सनमा भिडियोसहित गीत आएपछि युगाण्डाकी गायिका बियोन्सेले गाइन् । पाकिस्तानी गायकले कभर निकालिसकेका छन् । युट्युबमा सयौँले कभर गरेर अपलोड गरेका छन् भने यसको कभर गरेका कारण बियोन्सेलाई यति बेला नेपालमा अन्तर्वार्ता दिन भ्याइनभ्याइ छ ।
 
मदनकृष्णले नै उनले गरेको कभर सुनेर सामाजिक सञ्जालमार्फत आफूलाई बियोन्सेसँग भेट्न मन लागेको बताए । भेट्न चाहेको केही दिनपछि काठमाडौं वर्ल्ड ट्रेड सेन्टरमा मदनकृष्ण र बियोन्सेबीच भेट भयो । अहिले मदनकृष्ण र बियोन्से नयाँ डोयट गीतको तयारीमा छन् । 

अहिले यो गीत संस्कृत भाषामा अनुवाद गरेर गाइसकिएको छ । अझै अरु भाषामा पनि ‘फुलबुट्टे सारी’ निस्किँदै छ ? जिज्ञासामा यो गीतका गीतकार तथा संगीतकार राजनराज शिवाकोटी भन्छन्, “अरु केही भाषामा पनि अनुवाद गरेर गाउने तयारी गरिरहेको मैले थाहा पाएको छु ।  लिम्बू र गुरुङ भाषामा पनि गाउने तयारी भइरहेको सुनेको छु,” उनी भन्छन्, “थारु भाषामा गाउनका लागि कुरा भइरहेको छ । नेवारी भाषामा पनि रेकर्ड भइरहेको छ ।” 

धेरैले मन पराएको गीतलाई अन्तर्राष्ट्रिय भाषामा लैजान सके नेपाली गीत–संगीतको अन्तर्राष्ट्रियकरण हुन सक्ने उनी बताउँछन् । “अंग्रेजी र हिन्दी भाषामा अनुवाद गरेर गाउन सकियो भने नेपालबाहिर पनि यो गीत फैलिन सक्छ । नेपाली गीत–संगीतका लागि यो ठूलो अवसर हुनसक्छ,” राजनराज भन्छन्, “यदि, हामीले व्यवस्थित तरिकाले यो काम गर्न सकियो भने नेपाली गीत र धुन पनि अन्तर्राष्ट्रिय बजारमा पठाउने राम्रो अवसर हुनसक्छ ।”

Agni Group

“अन्तर्राष्ट्रिय बजारमा लैजान सम्भव रहेछ भन्ने संकेत मिलेको अवस्थामा अवसरलाई सदुपयोग गर्न सके सफलता हातपर्न सक्छ भन्ने लाग्छ,” नेपाली सिर्जनालाई अन्तर्राष्ट्रिय जगतमा फैल्याउने यो नै उपयुक्त अवसर हुन सक्ने भन्दै उनी भन्छन्, “टेस्टेड भइसकेको यो गीतलाई हिन्दी र अंग्रेजी भाषामा राम्रो गाउन सक्ने गायक/गायिकालाई गाउन लगाए अब आउने गीतका लागि पनि अवसरको ढोका खुल्छ ।”

यसअघि पनि राजनराजका ‘कुटुमा कुटु’, ‘सुर्के थैली’लगायत गीत स्रोताले अत्यधिक रुचाएका थिए । अहिले ‘फुलबुट्टे सारी’लाई स्रोताले मन पराइरहेका छन् । अहिलेको चलनचल्तीको शब्द सापटी लिने हो भने यसलाई ‘भाइरल’ गीत भन्न सकिन्छ । एकपछि अर्को गीत लोकप्रिय हुँदै जाँदा चुनौतस् पनि थपिँदै जाने राजनराजको अनुभव छ । “गीत चल्दै गएपछि चुनौती पनि थपिँदै जाँदोरहेछ । कि यो कर्मबाटै भाग्नुपर्‍यो होइन भने अर्को काम गर्दै जाने हो,” राजनराज भन्छन् । यद्यपि, आफूले समकालीन सर्जक तथा आफ्ना अघिल्ला सिर्जनाहरु नै पछिल्ला गीतका प्रतिस्पर्धी हुन् भन्ने कुरामा विश्वास कहिल्यै नगरेको उनी बताउँछन् । हरेक सिर्जना फरक हुने भएकाले एकको प्रतिस्पर्धा अर्कोसँग नहुने उनको धारणा छ ।

Global Ime bank

“जसरी हरेक नदीको आ–आफ्नै बाटो गन्तव्य हुन्छ, त्यस्तै हरेक सिर्जनाको आफ्नै महत्त्व हुने भएकाले यसमा प्रतिस्पर्धा हुन्छ भन्ने मैले कहिल्यै विश्वास गरिनँ,” राजनराज भन्छन्, “पहिलो सिर्जना स्रोता–दर्शकले मन पराएपछि अर्को राम्रो सिर्जनाको अपेक्षा मबाट राख्नुहुन्छ । अर्को, कस्तो सिर्जना लिएर आउला भन्ने अपेक्षा भएकाले चुनौतस् चाहिँ हुँदोरहेछ ।” अब के गर्ने, स्रोताले मन पराउने हुनन् कि होइनन् भन्ने दबाब महसुस सधैँ हुने गरेको उनको अनुभव छ । 

‘फुलबुट्टे सारी’मा राजनराजले फरक अनुभव गरेको विषय, गीतको विभिन्न भर्सन पनि हो । अक्सर मेल वा फिमेल भर्सन मन पराइएको खण्डमा त्यसको ‘अपोजिट’ भर्सनमा त्यही गीत ल्याउने प्रचलन थियो । तर, यो गीतका धेरै भर्सन आए । सुरुमा मेल भर्सनमा ल्याएको गीतको फिमेल, लिजेन्ड्री, चाइल्ड भर्सन गरी तीनवटा भर्सनहरु आए । यति धेरै भर्सनमा आएको यो नै पहिलो गीत हो ।

“यो सँगै मैले अर्को पनि नयाँ अनुभव के गर्न पाएँ भनेँ अडियो नै सबैभन्दा बलियो पाटो रहेछ । यसलाई यो गीतले कसरी प्रमाणित गरिदियो भने मेल भर्सनको भिडियो त्यस्तो बलियो होइन । तर, चल्यो । फिमेल भर्सनको अडियो बलियो थियो । तर, त्यसको तुलनामा चाइल्ड भर्सन र लिजेन्ड्री भर्सनको भिडियो बलियो थिएन । तर पनि स्रोताले सबै भर्सन मन पराइदिनुभयो,” उनी भन्छन्, “कभर भर्सनमा आएका अरु दुई गीतलाई पनि स्रोता–दर्शकले मन पराइदिनुभयो । अर्को कुरा, यो गीतबाट एउटै गीतलाई फरक–फरक आवाजमा बजारमा लैजान सकिँदोरहेछ भन्ने पनि अनुभव भयो । एउटै आवाजमा मात्रै गीत तयार गर्नुपर्छ भन्ने मान्यतामा रहिरहनुपर्छ भन्ने दृष्टान्त यो गीतले परिवर्तन गरिएको अनुभव भयो ।”

शब्द र कम्पोजिसनमा विशेष ख्याल गर्नुपर्छ भन्ने कुरामा पहिला पनि सचेत रहने गरेको तर यो गीतले थप प्रमाणित गरेको भन्दै उनी यसलाई आफूले सिकाइका रुपमा लिएको बताउँछन् ।

‘फुलबुट्टे सारी’ले मार्मिक लामालाई ‘लाइमलाइट’मा ल्याइदियो । त्योभन्दा पनि धेरै त बियोन्से ‘हिट’ भइन् । मदनकृष्ण श्रेष्ठ र मिलन नेवारको त पहिला नै आफ्नो ओजपूर्ण पहिचान छँदैथियो । यो गीत स्रोताको जिब्रोमा झुन्डिएपछि मार्मिक, मिलन, मदनकृष्ण, बियोन्सेको जति चर्चा भयो, त्यति नै नाम यसका गीतकार तथा संगीतकार राजनराज शिवाकोटीको आयो ?

त्यसो त गीतकार, संगीतकार पर्दा पछाडि रहेर काम गर्ने सर्जक हुन् । त्यसैले पफर्मर लोकप्रिय हुँदा आफू खुसी रहेको राजनराज सुनाउँछन् । “मेरो सिर्जना धेरैभन्दा धेरै स्रोता तथा दर्शकमा पुगोस् भन्ने मेरो चाहना छ । पफर्म गर्ने व्यक्ति स्वाभाविक रुपमा अगाडि आउँछ । पफर्मरको आवाजसँगै मेरो शब्द र धुन पनि मान्छेको मस्तिष्कमा गुञ्जिरहेको हुन्छ,” उनी भन्छन्, “खोज्दै जाने हो भने अगाडि मेरो नाम र तस्बिर नहोला । तर, म पनि गीतमा भेटिन्छु । मेरो भावनाबाट तरंगित भएका शब्द र धुन नै स्रोता–दर्शकको मस्तिष्मा रहिरहन्छ । त्यसैले म त्यहाँ छैन भन्ने कुरामा विशवास नै गर्दिनँ ।”

१२ वर्षअगाडि पहिलोपटक गाइएको यो गीतलाई कभरले पुनः  ब्युँत्याइदिएको थियो ।

यो पनि पढ्नोस्-

समयअगाडि नै लेखिएको ‘फुलबुट्टे सारी...’

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  १४:४५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC