राजनीति
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा दुईवटा प्रतिवेदन पेस हुने भएको छ । मधेसी आयोग र थारु आयोगको आर्थिक वर्ष ०६६/६७ को वार्षिक प्रतिवेदन पेस हुने कार्यसूची तय भएको हो ।
त्यस्तै, पूर्वराष्ट्रियसभा सदस्य ऐश्वर्यलाल प्रधानांगको निधनमा शोक प्रस्ताव पेस हुने कार्यसूची रहेको संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन् ।
आजको बैठकमा शून्य र विशेष समय पनि चल्नेछ ।
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७ १३:२५
प्रतिक्रिया दिनुहोस्