बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
‘गुटको इन्चार्ज अमान्य’ भन्दै केन्द्रीय सदस्य मिश्रले माधव नेपालको साथ छाडे
बाह्रखरी - बिहीबार, चैत २६, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सोम मिश्रले माधवकुमार नेपालको साथ छाडेका छन् । चाँगुनारायण नगरपालिकाका मेयर मिश्रलाई खनाल–नेपाल समूहले भक्तपुरको इन्चार्ज बनाएको थियो ।

लगत्तै उनले नेपालनिकट नेताहरूलाई फोन गरेर आफू गुटको नेता नभएको र पार्टीकै इन्चार्ज बन्ने बताएका थिए । एकीकृत पार्टीमा उनी सहइन्चार्जको भूमिकामा थिए ।

Agani Group

“नेपाल समूहप्रति उहाँको असन्तुष्टि थियो । मलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले निकालेका छैनन् । म एमालेकै नेता हुँ । मलाई गुटको इन्चार्ज बनाएकामा आपत्ति छ भनेर असन्तुष्टि पोख्नुभएको थियो,” स्रोतले बाह्रखरीसँग भन्यो ।

अहिले फोन अफ गरेर बसेका मिश्र ओली समूहसँग संवादमा रहेको भक्तपुरका एक नेताले जानकारी दिए ।

sarbottam cement

एमाले विभाजनउन्मुख बनेका बेला नेताहरू खनाल–नेपाल र ओली समूहतिर ओहोरदोहोर गर्न थालेका छन् । खनाल–नेपाल समूहले समानान्तर कमिटी निर्माणलाई विस्तार गर्दै लगेको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बिहीबार, चैत २६, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्