site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नगर प्रहरीको सहयोग कि सास्ती ?
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाको नगर प्रहरीले फुटपाथ व्यापारीमाथि धरपकड गरी सामान उठाएको छ । नगर प्रहरीले थापाथलीको फुटपाथमा राखिएका मकै, चटपटे, पानीपुरी, दाउरा, कराइ, कपडा, छाता उठाएको हो । 

५० वर्षिय तेज बहादुर तामाङको काम फुटपाथमा मकै बेच्नु हो ।  उनी अरु काम गर्न नसक्ने अवस्थामा छन् । ‘‘अब साह्रो काम गर्दा सास फुलेर आउँछ । पढाइलेखाइ छैन । भारी बोक्ने काम गर्न सकिँदैन,” उनी भन्छन्, ‘‘यही मकै बेचेर चार छोराछोरीलाई पढाउँदै आएको छु । अब दैनिक हामी यसरी महानगरका नगर प्रहरीबाट खोसिन्छौँ भने हामीले कसरी छोराछोरीको पालन पोषण र पढाइलेखाइ गर्ने ? महानगरको गाडि आउँदा हामीले छिटो–छिटो सामान उठाउन खोज्यौँ । उठाएर भाग्न खोज्दा लखेटेर सामान खोसियो ।”  
 
थापाथली चोकको  फुटपाथमा चटपटे बेच्दै आएकी सप्तरीकी सर्मिला तामाङको रोजिरोटी पनि खोसियो । एक छोरालाई पढाउँदै र पाँच हजार कोठा भाडा तिर्दै आएकी उनी बेलुका के खाने भन्ने चिन्तामा छिन् । ‘‘श्रीमान छैनन्, दैनिक चटपटे बेचेको रुपैयाँले छोरालाई पाल्दै र पढाउँदै आएकी छु । दैनिक तीनचार सय रुपैयाँ कमाइ हुन्थ्यो । त्यही पनि आज गुम्यो,” उनले भनिन्, ‘‘नगर प्रहरीले हामीलाई दुव्र्यवहारपूर्ण तवरले धरपकड गरेको छ । नगर प्रहरीका लागि हाम्रो त्यो सामान सामान्य होला, तर हाम्रो लागि दैनिक गुजारा चलाउँने आधार हो ।” 

Prabhu Bank
Agni Group
NIC Asia

उनी गाडा किन्ने रुपैयाँ नपुगेर चाउचाउ प्याक गर्ने वाक्सामा चटपटे र पानी पुरी बेच्दै आएको बताउँछिन् । दिनभर फुटपाथ व्यवसाय गरी दैनिकी धान्नेहरु दैनिक नगरप्रहरीबाट धरपकड हुँदा आफ्नो पक्षमा बोलिदिने कोही नरहेको उनको गुनासो छ । 

उदयपुरकी सञ्जुदेवी चौधरीको मकै पनि प्रहरीले उठायो । यतिमात्रै होइन उनको कराइ, छाता, दाउरा र कपडासमेत उठायो । ‘‘दैनिक महानगरका प्रहरीसँग लुकामारी चलिरहन्थ्यो । आज पछाडिपट्टीबाट आएर सबै सामान उठाइदियो,” उनले भनिन्, ‘‘दैनिक पाँच सय जति कमाइ हुन्थ्यो ।” 

Global Ime bank

कालीमाटीबाट मकै किनेर थापाथलीमा फुटपाथ व्यापार गर्दै आएकी उनी महानगरका नगर प्रहरी कतिखेर आएर उठाउने हुन पत्तै नहुने बताउँछिन् । ‘‘हामीले नगर प्रहरीको सहयोग पाउनुपर्नेमा सास्ती पाइरहेका छौँ । आज नगर प्रहरीसँग दाउरा हानाहानसमेत भयो । दाउरा खोस्न खोज्दा मलाइ धकेलेर प्रहरीले सबै सामान उठाएर लगेको छ । दैनिक हामीलाई प्रहरीले धम्काइ रहन्थे आज आएर सबै सामान धरपकड गरी उठाएर लग्यो,” उनले भनिन् ।   

फुटपाथमा पानी बेच्दै आएकी स्याङजाकी कमला लामा भने पानी फुटपाथ मै राखेर छोरालाई स्कुलमा लिन जाँदा पानीका बोतल समेत नगर प्रहरीले उठाएको बताउँछिन् । ‘‘छोरालाई स्कुलमा लिन गएकी थिए । फुटपाथमा तीनचार बोतल पानी राखेकी थिएँ । अरु पानीका कार्टुन लुकाएर राखेकी थिएँ । सडकमा राखिएका ती तीनचार बोतल उठाएर लगेछ,” उनले भनिन्, ‘‘हामीलाई यसरी फुटपाथमा व्यापार गर्नु रहर होइन । बाँच्नका लागि गरिएको सडक व्यापार पनि नगर प्रहरीले देखिसहेन । तर, यसरी हामीले गरिरहेको फुटपाथ व्यापारको पछाडिको वाद्यता नगर प्रहरीले कहिल्यै बुझ्नै सकेन ।”

काठमाडौं महानगरका नगर प्रहरी प्रमुख धनपति सापकोटा फुटपाथ पैदलयात्रुका लागि भएको भन्दै फुटपाथ व्यापार उठाउँदै आएको बताउँदै आएका छन् । उनी फुटपाथमा व्यापार गर्नु अवैध मानिने बताउँदै फुटपाथ उठाउनु आफूहरुको कर्तव्य रहेको बताउँछन् । ‘‘सार्वजनिक ठाउँमा फुटपाथ व्यापार गर्ने मानिसलाई छापा मार्दै उठाउँने गरेका छौँ,” उनले भने, ‘‘पैदलयात्रु हिड्ने सडकमा यसरी फुटपाथ व्यापार गर्न दिने हो भने काठमाडौंका सडकमा हिड्ने बाटो हुँदैन । हामीले औषधि बाहेक उठाएका सामान फिर्ता गर्दैनौँ ।” 

 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, चैत २६, २०७७  ०६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC