बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
अभिनेता सोनूको नाममा ठगी गर्ने व्यक्ति पक्राउ
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, चैत २५, २०७७
Laxmi Bank
Laxmi Bank

मुम्बई । बलिउड अभिनेता सोनू सूदको नाममा ठगी गर्ने एक जना पक्राउ परेका छन् । कोरोना महामारीमा रोक्न लकडाउनका कारण समस्यामा परेका भारतीय नागरिकहरूलाई सहयोग गर्दै आएका सोनूको नाममा ठगी गर्नेलाई प्रहरीले पक्राउ गरेको हो । 

अभिनेता सोनुको नाममा गरीब जनतालाई ठगी गरिरहेको आरोपमा तेलंगाना प्रहरीले चन्दन पाण्डे नाम गरेका ती व्यक्तिलाई पक्राउ गरेको हो । 

Agani Group

सहयोगी सहयोगी भावना कारण जनताको प्रिय बनिरहेका सोनुको छविलाई गलत रूपमा प्रयोग गरेर ठगी गरेकाले उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीकाअनुसार आरोपित व्यक्तिले सोनूको बैंक खाताबाट ६० हजार रुपैयाँ निकालेको भेटिएको छ । प्रहरीसँगको वयानमा आरोपितले पैसा झिकेको स्वीकार गरिसकेका छन् । तर त्यो काम उनलाई अरू कसैले गर्न लगाएको र त्यसवापत उनले कमिसन लिएको प्रहरीको भनाइ छ । 

sarbottam cement

यो कामका लागि अभिनेता सोनूले साइबर टिम र तेलंगाना प्रहरीको तारिफ गर्दै ट्विट गरेका छन् । सोनू लेख्छन्, “पीडामा भएकाहरूलाई ठगी गर्ने ती दोषिलाई पक्राउ गर्न हामीलाई सहयोग गरेकोमा धन्यवाद । यस्तो अनैतिक काम रोक्न मेरो अनुरोध छ । नभए उनीहरू चाँडै जेलभित्र हुनेछन् । गरीबहरूलाई धोका दिन बन्द गरिदिनुहोस् ।” नवभारत टाइम्स
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, चैत २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्