बाह्रखरी
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
विदेश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
म्यानमार सैन्य ‘कू’ : सेनाको गोली लागेर ५ जनाको मृत्यु
बाह्रखरी - बुधबार, चैत २५, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

नेपित । म्यानमारमा सैन्य ‘कू’ को विरुद्धमा भएको प्रदर्शनमा सेनाले गोली चलाउँदा कम्तिमा पाँच जनाको ज्यान गएको छ । उत्तरपश्चिमी शहर केलेमा बुधबार सेनाले  चलाएको गोली लागेर अन्य दर्जनौं घाइते भएका समाचार संस्था रोयटर्सले जनाएको छ ।

गत फेब्रुअरी १ मा सेनाले निर्वाचित सरकारका प्रतिनिधिहरूलाई हिरासतमा राखी सत्ता हातमा लिएपछि दैनिक प्रदर्शन भइरहेको छ ।

Agani Group

बुधबार पनि प्रदर्शनकारीले प्रजातन्त्रवादी नेतृ आङ सान सुकी लगायतका नेताहरूको रिहाईको माग गर्दै प्रदर्शन गरेका हुन् ।

पछिल्लो समय युवाहरूले सामाजिक सन्जालमार्फत् सेनाविरोधी प्रदर्शन र अभियान चलाउँदै आएका थिए ।  तर सेनाले इन्टरनेट सेवा बन्द गरेपछि युवाहरूको नेतृत्वमा हुने प्रदर्शनहरू प्रभावित भएका छन् ।

sarbottam cement

“फेब्रुअरीदेखी म्यानमार चरणबद्ध रूपमा सूचनाविहीन अवस्थामा पुगेको छ । सञ्चार सेवालाई निकै सीमित गरिएको छ,” इन्टरनेट अवरोध पर्यवेक्षक नेटब्लकका संस्थापक आल्प टोकरले भने ।

सैन्य सरकारले कलाकार, लेखक, संगीतकार लगायत धेरै क्षेत्रका प्रभावशाली व्यक्तिहरूलाई पक्राउ गर्न पक्राउ पुर्जी जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राेयटर्स

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, चैत २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्