राजनीति
पाेखरा । गण्डकी प्रदेशमा माओवादी केन्द्रका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरूले राजीनामा दिने भएका छन् । पार्टीको बुधबार बसेको संसदीय दलको बैठकले पृथ्वीसुब्बा गुरुङ नेतृत्वको सरकारमा आफ्नो पार्टीका तर्फबाट सहभागि मन्त्रीहरूको राजीनामा माग्ने निर्णय गरेको सांसद दीपक कोइरालाले जानकारी दिए ।
“हाम्रो पार्टीका तर्फबाट सरकारमा सहभागि मन्त्रीहरूको राजीनामा माग्ने निर्णय भएको छ । उहाँहरूले आजै राजीनामा दिनुहुन्छ होला,” उनले भने ।
गण्डकी प्रदेशमा माओवादी केन्द्रका तर्फबाट आन्तरिक मामिला तथा कानूनमन्त्रीमा हरि चुमान र भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा रहेका छन् ।
गण्डकी प्रदेशको हिउँदे अधिवेशन पनि आज १ बजेदेखि सुरु हुँदैछ ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७ १२:२०
प्रतिक्रिया दिनुहोस्