site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुदूरका ९ जिल्लामा खनाल–नेपाल समूहले बनायो समानान्तर कमिटी (सूचीसहित)
Sarbottam CementSarbottam Cement

काठमाडौं । सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहले समानान्तर कमिटी बनाएको छ । मंगलबार प्रदेश कमिटीको बैठक राखेर ९ वटै जिल्लामा समानान्तर कमिटी बनाइएको कैलालीका जिल्ला अध्यक्ष दीर्घ सोडारीले जानकारी दिए ।

सोडारीलाई हिजै खनाल–नेपाल समूहले कैलाली अध्यक्ष बनाएको हो । त्यस्तै, कञ्चनपुरमा तारा लामालाई अध्यक्ष चयन गरिएको सोडारीले जानकारी दिए । उनका अनुसार खनाल–नेपाल समूहमा यसअघि नै ६ जिल्ला अध्यक्ष थिए । अहिले तीन जिल्लामा मात्रै नयाँ नेतृत्व चयन गरिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

घोषणा गरिएको अध्यक्षमा डडेलधुरामा डा. तारा जोशी, डोटीमा चक्र मल्ल, बझाङमा दिलबहादुर सिंह, बैतडीमा महादेव भट्ट, बजुरामा गगन रावल रहेको सोडारीले बाह्रखरीलाई जानकारी दिए ।

दार्चुलामा यसअघि उपसचिव रहेका ज्ञानेन्द्र घर्ती अध्यक्ष बनेका छन् । अध्यक्ष र सचिव ओली समूहमा लागेका छन् । अछाममा शेरबहादुर कुँवरको नेतृत्वमा कमिटी बनाइएको सोडारीको भनाइ छ । कुँवर पहिल्यै जिल्ला अध्यक्ष र खनाल–नेपाल समूहमै थिए ।

Global Ime bank

कमिटीको पूर्ण विवरण बुधबार दिउँसो मात्रै सार्वजनिक गरिने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  १२:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC