बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
Daraz
British college
Samsung
Daraz
British college
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कस्तो अवस्थामा जान्छ सांसद पद ? यस्तो छ कानुनी व्यवस्था 
Godraj nepal
Godraj nepal
बाह्रखरी - बुधबार, चैत २५, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । नेकपा माओवादी केन्द्र छाडेर गएका सांसदहरु कारबाहीमा परेका छन् । नेकपा भंग भएर माओवादी ब्युँतिँदा पनि पार्टीमा नफर्किएका सांसदहरुलाई माओवादीले कारबाही गरेको हो ।

माओवादीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वमा मन्त्री रहेका प्रतिनिधिसभाका सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीको सांसद पद खोसेको हो । माओवादीले यसको जानकारी संसद् सचिवालयलाई गराइसकेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशसभाका सदस्यहरु र प्रदेश नम्बर–१ का सदस्यलाई पनि कारबाही गरिएको छ । नेकपा एमालेमा गएकाहरु कारबाहीमा परेका हुन् ।

Agani Group

उता, एमाले अध्यक्ष ओलीले माधवकुमार नेपालसहित एमालेका चार नेतालाई ६ महिना निलम्बन गरेका छन् । निलम्बनको पत्रमा ‘ओलीले सांसद पद बाँकी नै रहेको छ भनेर तर्साउन खोजेको’ नेता नेपालले टिप्पणी गरेका छन् । मंगलबार वाग्मती प्रदेशको समानान्तर कमिटी गठन गर्दै नेता नेपालले सांसद पद जान्छ भनेर आफूहरु नडराउने बताएका थिए ।

यस्तो अवस्थामा जान्छ पद 

sarbottam cement

सांसद पद मुख्य गरी तीन अवस्थामा जाने गर्छ । दल त्याग गरेमा, आफू संलग्न भई अर्को दल खोलेमा र अर्को दलको सदस्यता लिएमा दल त्याग गरेको मानिन्छ ।

संघ, प्रदेशमा निर्वाचित सांसदको हकमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ३१ मा व्यवस्था गरिएको छ । दफा ३१ मा संघीय संसद्को सदस्य, प्रदेशसभाको सदस्यले सांसद पदको पदावधि कायम रहेसम्म जुन दलको उमेदवार भई निर्वाचित भएको हो, त्यो दल त्याग गर्न सक्ने÷नसक्ने उल्लेख छ । तर, दफा ३१ को (१) अनुसार सो अवधिमा दल त्यागे, दल त्यागेको मितिदेखि सांसद पद स्वतः रिक्त भएको मानिनेछ ।

ऐनमा पार्टीले लगाएको ह्वीप उल्लंघन गरेमा पनि दल त्याग गरेको मानिने उल्लेख छ । संसदीय दलको नेताको निर्देशनबमोजिम दलको सचेतकले आफ्ना सांसदलाई पक्ष वा विपक्षमा मतदान गर्न निर्देशन दिन सक्ने व्यवस्था छ  । सरकारको विश्वास वा अविश्वासको प्रस्तावमा, सरकारको नीति तथा कार्यक्रम स्वीकृत गर्दा, वार्षिक बजेट पारित गर्दा तथा राष्ट्रिय वा सार्वजनिक महत्त्वको अन्य कुनै विषयमा मात्रै त्यस्तो निर्देशन दिन सकिने व्यवस्था ऐनमा छ  ।

राजनीतिक दलसम्बन्धी दफा २८ मा त्यस्तो निर्देशन संसदीय दलका प्रत्येक सदस्यले पालना गर्नुपर्ने भनिएको छ । ह्वीप उल्लंघन गरेमा सदस्यको विवरण सचेतकले सम्बन्धित दलको केन्द्रीय समितिलाई दिनुपर्छ । सोही विवरणका आधारमा दलको दफा ३२ (२) अनुसार केन्द्रीय समितिले त्यस्ता सदस्यलाई दलबाट निष्कासन गर्न सक्नेछ । यसरी निष्कासित सदस्य सम्बन्धित दलबाट समेत निष्कासनमा परेको मानिनेछ ।

यस्तो छ कारबाही प्रक्रिया 

अधिवक्ता टिकाराम भट्टराईका अनुसार कारबाहीका लागि स्पष्टीकरणको मौका दिइनेछ । स्पष्टीकरण चित्तबुझ्दो नभए दलले कारबाही गर्न सक्नेछ । “यी जुनसुकै अवस्थामा पनि पार्टीले स्पष्टीकरणको मौका दिनुपर्छ । स्पष्टीकरण चित्तबुझ्दो भएन भने त्यस्तो निर्णय उल्लंघन गर्ने सांसदहरुको विवरण सचेतकले दलको नेतालाई दिनुपर्छ । दलको नेताले केन्द्रीय कार्यसमितिको बैठकमा राख्ने र बहुमतले दल त्याग गरेको निर्णय गर्ने,” उनी भन्छन् ।

कारबाही गरेको सूचना संसद् सचिवालयलाई गराउनुपर्ने हुन्छ । “त्यसको सूचना संसद् सचिवालयलाई गराउनुपर्ने हुन्छ । संसद् सचिवालयले सभामुखलाई जानकारी दिएपछि सभामुखले त्यसको १५ दिनभित्र बैठक चलेको भए बैठकमा पढेर सुनाउनुपर्छ । नचलेको भए सूचना पाटीमा सूचना टाँस गर्नुपर्छ,” भट्टराईले भने ।

संघीय संसद्मा यसरी हुन्छ पद रिक्त 

संविधानको धारा ८९ मा संघीय संसद्को पद पाँचवटा अवस्थामा रिक्त हुने उल्लेख छ ।

८९. स्थानको रिक्तता : देहायको कुनै अवस्थामा संघीय संसद्को सदस्यको स्थान रिक्त हुनेछ–

(क) निजले सभामुख वा अध्यक्षसमक्ष लिखित राजीनामा दिएमा,

(ख) निजको धारा ८७ बमोजिमको योग्यता नभएमा वा नरहेमा,

(ग) प्रतिनिधिसभाको कार्यकाल वा राष्ट्रियसभा सदस्यको पदावधि समाप्त भएमा,

(घ) निज सम्बन्धित सदनलाई सूचना नदिई लगातार दशवटा बैठकमा अनुपस्थित रहेमा,

(ङ) जुन दलको उमेदवार भई सदस्य निर्वाचित भएको हो, त्यस्तो दलले संघीय कानुनबमोजिम निजले दल त्याग गरेको कुरा सूचित गरेमा,

(च) निजको मृत्यु भएमा ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
बुधबार, चैत २५, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्