site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
‘माउन्टेन इज नथिङ, इट्स एब्रिथिङ’
Ghorahi CementGhorahi Cement

काठमाडौं । विगत १५ महिनादेखि विश्व कोरोना महामारीको चपेटामा पर्‍यो । यसले हामी जस्ता पर्यटन क्षेत्रमा कार्यरत मजदुरलाई त बेरोजगार नै बनायो । कोभिड–१९ कारण कोठामा नै रहनुपर्दा गर्दा कम्ती सकस भएन । यस्तो अवस्था विश्वका अधिकांश मानिसले भोग्यौँ । एउटा बन्द कोठाभित्र बसेर एक वर्ष बिताउँदा धेरै कुराको महसुस गरियो ।

हामी पर्यटक क्षेत्रका केही मजदुर साथीहरु मर्दी हिमाल ट्रेक जाने निधो गर्‍यौँ । हुन त केही साथीहरुले ट्रेकिङ गाइडको नाताले यसअघि नै मर्दी हिमाल ट्रेकको अनुभव लिइसकेका थिए । म पेसाले ट्रेकिङ गाइड भए पनि मर्दी हिमाल ट्रेक भने पहिलो नै थियो ।

Agni Group

मर्दी हिमाल ट्रेकको यात्रा गत चैत १ गते सुरु गर्‍यौँ । पहिलो दिन काठमाडौंबाट पोखरा गएर बास बस्यौँ । काठमाडौं–पोखरा पर्यटक बसमा यात्रा गर्दा विदेशी पर्यटक एकजना पनि देखिएनन् । पोखरा पुगेपछि आन्तरिक पर्यटक अलि–अलि देखियो । सधैँ चहलपहल रहने पोखरा र फेवाताल आसपासका होटेल पर्यटकको प्रतीक्षामा रहेका देखिन्थ्यो ।

Global Ime bank

दोस्रो दिन अर्थात् चैत २ गते बिहानै तालबाराही मन्दिर दर्शन गरी हाम्रो गन्तव्य मर्दी हिमाल ट्रेकका लागि ट्याक्सी लिएर बाँडेतर्फ प्रस्थान गर्‍यौँ । पोखराबाट काँडेसम्म साढे एक घण्टामा पुग्न सकिँदो रहेछ ।

मर्दी हिमालको मेरो यात्रा पहिलोपटक भएर होला, त्यहाँको खाना, रेस्टुरेन्ट, बसाइसँगै बाटोमा देखिने दृश्यको कौतुहलता भइरह्यो । काँडेबाट अष्ट्रेलियन क्याम्प हुँदै हाम्रो पैदलयात्रा सुरु भयो । पोतनामा खाना खाएर हामी पितम देउराली भन्ने ठाउँमा त्यो रात बास बस्यौँ ।

बाटोमा देखिएका मनोरम प्राकृतिक दृश्य, चराचुरुंगी, लटरम्म फुलेका लालीगुराँसले लोभ्याइसकेको थियो । त्यसलाई सम्झिएर पुलकित भइरहँदा अर्को सरप्राइज पाएँ, चैत २ गते मेरो जन्मदिन साथीभाइले केक काटेर अर्को रमाइलो र स्मरणयोग्य बनाइदिए ।

चैत ३ गतेको हाम्रो गन्तव्य थियो, हाई क्याम्प । उक्त दिन पनि बिहानै नास्ता गरेर उही मनोरम प्राकृतिक दृश्य, चराचुरुंगी, लटरम्म फुलेका लालीगुराँसलाई नियाल्दै हाम्रो यात्रा अगाडि बढ्यो । करिब ६/७ घण्टाको यात्रापछि लो क्याम्प पुग्यौँ । हाम्रो उक्त दिनको यात्रा त्यहीँ अडियो ।

अर्को दिन अर्थात् चैत ४ गते हाई क्याम्पतर्फ लाग्यौँ । लो क्याम्पबाट करिब एक घण्टाको उकालो चढ्दै बादलु डाँडा पुग्यौँ । बादलु डाँडाबाट देखिएको दृश्यलाई मैले शब्दमा बयान गर्न पनि सक्दिनँ । यो डाँडाबाट देखिएको हिमालको दृश्य अहिले पनि आँखाअगाडि नाचिरहेको छ । हामी यहाँ ननाची बस्नै सकेनौँ । दिल खोलेर नाच्यौँ । झुम्यौँ ।

यात्राको क्रममा हामी जहाँ–जहाँ बाँस बस्दै गयौँ, त्यहाँ साइनो, नाता जोड्दै गयौँ । दाजु, भाउजू, मामा, भान्जा त कतै मितेरी साइनो पनि लगायौँ ।

चैत ४ गते बादुल डाँडा हुँदै हाई क्याम्प मा बाँस बस्न पुग्यौँ । हाई क्याम्पको उचाइ ती हजार ५५० मिटर हो । त्यहाँ बाँस बस्दा अर्को दिन भ्यु टावर पुग्ने तीव्र चाहना, उत्सुकता र कौतुहलता भइरह्यो । भोलिपल्ट अर्थात् चैत ५ गते चार हजार २०० मिटरको उचाइमा रहेको भ्यु टावरतर्फ हाम्रो यात्रा अघि बढ्यो । हाई क्याम्पबाट करिब दुई घण्टाको हिँडाइपछि हामी गन्तव्यमा पुग्यौँ ।

भ्यु टावरबाट अन्नपूर्ण, अन्नपूर्ण साउथ, हिमचुली, माछापुच्छ्रे आँखा अगाडि नै देखिँदा स्वर्गीय आन्नद महसुस गर्‍यौँ । उक्त स्थानमा हामीले करिब आधा घण्टा बितायौँ । आँखा अगाडिको हिमालले हामीलाई मोहनी लगायो । नेपालको झन्डा फहराउँदै फोटो खिच्यौँ । हामीले त्यहीँ योग पनि गर्‍यौँ । त्यसपछि दुई घण्टाको ओरालो यात्रा पार गर्दै हाई क्याम्प फर्कियौँ । सोही दिन ८ घण्टाको पैदलयात्रापछि हामी ट्याक्सी चढेर पोखरा आयौँ ।

थोरै दिनमा भरपुर प्राकृतिक सौन्दर्यको अनुभव संगाल्न सक्यौँ । यो यात्राले कोभिड–१९ का कारण एक वर्षसम्म यात्रा गर्न नपाउँदाको पीडालाई बिर्सन सक्ने बनाइदियो । रोमान्टिक यात्रापछि हामी भन्न सक्छौँ, ‘माउन्टेन इज नथिङ, इट्स एब्रिथिङ’ । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  ०९:२५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC