देश
काठमाडौं । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशलगायत अन्य केही पहाडी भू–भागमा आज बिहान आंशिकदेखि सामान्य बदली रहेको छ । अन्य धेरै भू–भागमा तुवांलो लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
आज दिउसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका एक/दुई स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
विभागका अनुसार आज राति पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्टयाङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७ ०७:१०
प्रतिक्रिया दिनुहोस्