site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
१३ हजार मतदाता सहभागी पत्रकार महासंघको पहिलो प्रत्यक्ष निर्वाचन आज
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल पत्रकार महासंघको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनमा देशभरका १३ हजार १२२ पत्रकारले मतदान गर्ने छन् । अघिल्लो निर्वाचनसम्म पार्सदले मात्रै मतदान गर्न पाउने व्यवस्था भए पनि यो पटकदेखि प्रत्यक्ष निर्वाचन हुन लागेको हो ।

महासंघले विधान संशोधन गरेर यसपटक सबै साधारण सदस्यले जिल्ला, प्रदेश र केन्द्रका सबै पदाधिकारी एवं सदस्यका लागि मतदान गर्न पाउने प्रावधान मिलाएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकैपटक मतदान हुँने छ । आफू सदस्य रहेको शाखामै मतदान गर्न पाइनेछ । मतदान बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म हुने नेपाल पत्रकार महासंघको केन्द्रीय निर्वाचन कमिटीले जनाएको छ । 

महासंघको केन्द्रीय अध्यक्षका लागि विपुल पोखरेल, निर्मला शर्मा र गजेन्द्रसिंह बुढाथोकीको उम्मेदवारी परेको छ । 

Global Ime bank

महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन् । महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ । जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था छ ।

नेपाल पत्रकार महासङ्घ सम्पूर्ण नेपाली पत्रकारहरुको साझा छाता सङ्गठन हो । देश विदेशमा रहेका नेपाली पत्रकारहरुलाई सङ्गठित गर्दै व्यावसायिक नेतृत्व प्रदान गर्ने र श्रमजीवी पत्रकारहरुको हकहित रक्षा गर्दै सम्पूर्ण सञ्चार क्षेत्रको विकासका लागि काम गर्नु महासङ्घको मूल ध्येय, लक्ष्य र दायित्व रहेकाे महासंघकाे विधानमा उल्लेख छ ।  विसं २०१२ चैत १६ गते गठन भएको नेपाल पत्रकार सङ्घको निरन्तरताका रूपमा महासङ्घ रहेको छ । वि.सं २०५३ जेठ २९ मा सङ्घलाई महासङ्घमा रूपान्तरण गरिएको हो । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, चैत २५, २०७७  ०६:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC