


काठमाडौं । कर्णाली प्रदेशमा माओवादी केन्द्र नेतृत्वको सरकार अल्पमतमा परेको छ । नेकपा एमालेका तीन मन्त्रीहरुले मंगलबार सामूहिक राजीनामा दिएपछि सरकार अल्पमतमा परेको हो ।
आज आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र वन तथा वातावरणमन्त्री नन्दसिंह बुढाले राजीनामा दिएका हुन् ।
राजीनामापत्रमा उनीहरुले आजसम्म मन्त्रीका रुपमा ऐतिहासिक जिम्मेवारी सम्हालेको महसुस भएको जनाएका छन् । उनीहरुले सर्वाेच्च अदालतको फैसला र नैतिक मूल्य-मान्यता स्थापित गर्दै राजीनामा गरेको उल्लेख गरेका छन् ।
“गत फाल्गुण २३ गते सम्मानित सर्वोच्च अदालतले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)लाई साबिककै पार्टीको रुपमा रहने फैसला गरेपछि उत्पन्न भएको वर्तमान राजनीतिक परिस्थितिका कारण हाम्रो पार्टी नेकपा (एमाले)को कर्णाली प्रदेशसभा दलले गरेको निर्णयबमोजिम नैतिक र राजनीतिक मूल्य, मान्यताहरुलाई स्थापित गर्दै हामीले आजका मितिसम्म सम्हाल्दै आएका विभागीय जिम्मेवारीबाट संयुक्त राजीनामा दिएका छौँ," राजीनामापत्रमा भनिएको छ ।

राजीनामापत्र पढ्नोस्





