site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा नबिल बैंकको क्यूआर भुक्तानी सेवा
Sarbottam CementSarbottam Cement

काठमाडौं । नबिल बैंकले काठमाडौंको धुम्बाराही तरकारी तथा फलफुल विक्री केन्द्रमा क्यूआर भुक्तानी सेवा सुरु गरेको छ । मङ्गलबार नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक भुवन कडेलले तरकारी खरिद गरेको पैसा क्यूआर कोडमार्फत भुक्तानी गरी क्यूआर भुक्तानी सेवा सुरु गरे । अब धुम्बराही तरकारी तथा फलफुल केन्द्रमा जाने उपभोक्ताले मोबाइल बैंकिङ एप्लिकेसन वा मोबाइल वालेटमार्फत खरिद गरेको तरकारी वा फलफूलको रकम भुक्तानी गर्न सक्नेछन् ।

नगद तथा डेबिट र क्रेडिट कार्डको विकल्पमा क्यूआर कोड भुक्तानी छिटो र झन्झटमुक्त छ । छिटो र कारोबारको कुनै शुल्क नलाग्ने भएकाले पछिल्लो पटक उपभोक्ताहरु यो नविन सेवातर्फ आकर्षित भइरहेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

डिजिटल कारोबारलाई प्रश्रय दिन र क्यासलेस कारोबारलाई बढावा दिन नबिल बैंकले सन् २०२० को मार्चदेखि क्यूआर कोड भुक्तानी सेवा सुरु गरेको थियो ।

अहिले बैंकको साथमा देशभर ३ हजार बढी क्यूआर सेवा दिने व्यावसायिक प्रतिष्ठानहरु रहेको जनाइएको छ ।

Global Ime bank

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले पछिल्लो केही वर्षदेखि नेपालमा भुक्तानी प्रणालीमा नयाँपन देख्न थालेको र जसको परिणाम उपभोक्ता विस्तारै–विस्तारै नगदबाट डिजिटल भुक्तानतर्फ परिवर्तन भइरहेको पाइएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १६:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC