site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
तुलसीपुरमा थप सातजनामा कोरोना 
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

दाङ । दाङको तुलसीपुरमा थप सातजनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पीसीआर परीक्षणमा सातजनामा कोरोना पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका कोरोना फोकल पर्सन विमल केसीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनका अनुसार तुलसीपुर–२ का ४२ र ५५ वर्षीय पुरुष, तुलसीपुर–५ की ३६ वर्षीया महिला, तुलसीपुर–७ का ६० वर्षीय पुरुष र २० वर्षीया महिला, तुलसीपुर–९ का २५ वर्षीय पुरुष र तुलसीपुर–१७ का ४९ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

सात संक्रमितमध्ये एकजना नेपालगन्जको आइसोलेसनमा भर्ना भएका छन् । दुई महिला र एक पुरुष कोरोना अस्पताल बेलझुन्डीको आइसोलेसनमा रहेका छन् । अन्य संक्रमित होम आइसोलेसनमा बसेको केसीले बताए ।

Global Ime bank

योसँगै तुलसीपुरमा कोरोनाका नौजना सक्रिय संक्रमित रहेका छन् । यहाँ कोरोनाका कारण हालसम्म २२ जनाले ज्यान गुमाइसकेका छन् । कोरोनाको जोखिम पुनः बढ्दै जान थालेकोले सबैमा जनस्वास्थ्य सुरक्षाको मापदण्ड अपनाउन फोकल पर्सन केसीले अनुरोध गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  १४:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC