बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
साहित्य र कला प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
कोरोना दोस्रो लहरको बलिवुडमा प्रभाव : तेस्रोपटक पनि सर्‍याे ‘सूर्यवंशी’ को रिलिज मिति
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

मुम्बई । बलिउड अभिनेता अक्षय कुमार र अभिनेत्री कट्रिना कैफको मुख्य भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’ को रिलिज मिति तेस्रोपटक पनि सरेको छ । रोहित सेट्टीले निर्देशन गरेको चलचित्र यही अप्रिल ३० मा रिलिज गर्ने तय गरिएको थियो । तर भारतमा कोरोना संक्रमणको दोस्रो लहर तीव्र गतिमा फैलिएपछि पुनः चलचित्र रिलिजको मिति सारिएको निर्माण टिमले सोमबार विज्ञप्तिमार्फत जनाएको छ ।

“महाराष्ट्रका माननीय मुख्यमन्त्री उद्धव ठाकरेले हिजो निर्देशक रोहित सेट्टीसँग छलफल गर्नुभयो । बैठकमा ठाकरेले रोहितको ‘सूर्यवंशी’ स्थगित गर्ने साहसी निर्णयलाई सराहना गर्नुभएको छ,” चलचित्र निर्माण टिमले सार्वजनिक गरेको विज्ञप्तीमा उल्लेख छ । 

Agani Group

चलचित्र ‘सूर्यवंशी’ पहिलोपटक सन् २०२० अप्रिल २४ मा रिलिज गर्ने तय गरिएको थियो । तर कोरोना कहरका कारण रिलिज गर्ने मिति सोही वर्षको अक्टोबर १५ मा सारियो । पछि लकडाउन खुलेपनि हलहरू ५० प्रतिशत ‘अकुपेन्सी’मा मात्रै खुलेका कारण निर्माण टिम स्थिति सामान्य हुने दिन पर्खिरह्यो । स्थिति सामान्य हुने देखिएपछि अन्ततः सन् २०२१ को अप्रिल ३० मा रिलिजको मिति तोकिएको थियो । 

फेरि कोरोनाको दोस्रो लहर सुरु भएपछि रिलिजको मिति सारिएको हो । दोस्रो लहरालाई मध्येनजर गर्दै सोमबार महाराष्ट्र सरकारले रात्रिकालीन कफ्र्यू र साताको अन्तिम दिन लकडाउनको घोषणा गरेको छ । 

sarbottam cement

चलचित्रका मुख्य अभिनेता अक्षय कुमार पनि कोरोना संक्रमणका कारण हाल अस्पतालमा छन् । इन्डियन एक्सप्रेसबाट ।
 

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्