बाह्रखरी
sticky  ncell
Samsung
coke
Samsung
coke
राजनीति प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
शंकर पोखरेलविरुद्ध अविश्वास प्रस्ताव लैजान जसपाको निर्णयको प्रतीक्षा
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्ययन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव लैजान प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्र जनता समाजवादी पार्टी (जसपा)को निर्णय कुरिरहेका छन् ।

जसपाको अहिले संसदीय दलको बैठक बसिरहेको छ । जसपा संसदीय दल बैठकको निर्णयपछि अविश्वासको प्रस्तावबारे टुंगोमा पुगिने माओवादीका प्रमुख सचेतक तुलाधर घर्तीले जानकारी दिए ।

Rohto Landing

Agani Group

“अविश्वासको प्रस्ताव लैजाने विषयमा दलहरुबीच कुरा भइरहेको हो । अहिले प्रस्ताव लैजाने, न लैजाने टुंगोमा पुगिसकिएको छैन । जसपाको संसदीय दलको बैठक बसिरहेको छ । जसपाको निर्णयपछि टुंगोमा पुग्छौँ,” उनले भने ।

जसपाका केही सांसदहरु अविश्वासको प्रस्तावको विपक्षमा उभिएपछि अविश्वासको प्रस्ताव दर्ता गर्ने सम्भावना न्यून रहेको बताइएको छ ।

sarbottam cement

सोमबार बिहान मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने विषयमा कांग्रेस, माओवादी केन्द्र र जसपाबीच सहमति जुटेको थियो । तर, जसपामा विवाद देखिएपछि निर्णयमा पुग्न दलको बैठक बसेको हो ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्