बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
दाङको वायु प्रदूषण खतराको विन्दुमा
विवेक खड्का
बाह्रखरी - विवेक खड्का मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

दाङ । पछिल्लो समय देशैभर बढिरहेको प्रदूषणको प्रभाव दाङमा पनि परेको छ । प्रदूषण बढेपछि सर्वसाधरणले स्वासप्रस्वासमा असहजको महशुस गरेका छन् । दाङका अधिकांश ठाउँमा तुवालो लागेर वातावरण धमिलो देखिएको छ । मंगलबारको वायु प्रदूषणका कारण आँखा पिरो हुने समस्या देखिएको छ ।

वायु प्रदूषणबारे मापन गर्ने आईक्यू एयर डट कमको वेबसाइटमा दाङको वायु प्रदूषणको मात्रा (एयर क्वालिटी इन्डेक्स–एक्यूआई) एक सय ६२ पुगेको छ । जसअनुसार पछिल्ला दुई दिनमा दाङमा प्रदूषणको मात्रा एक्यूआई ७९ बाट बढेर एक सय ६२ पुगेको देखिएको छ ।

Agani Group

सामान्यतया एक्यूआई ५० भन्दा कम हुनुलाई राम्रो वायु मानिन्छ । नेपालको सबैभन्दा धेरै धनगढीमा वायु प्रदूषणको मात्रा ४२९ एक्युआईसम्म पुगेको छ । त्यस्तै चितवनको सौराहामा ३०८, भरतपुरमा २८३, सिमरामा २६०, काठमाडौंको २२३ एक्युआई रहेको छ ।

वातावरण विभागका प्रवक्ता इन्दुविक्रम जोशीले डढेलोका कारण वायूमा अधिक प्रदूषणको मात्रामा भेटिएको बताए । पछिल्लो समय दाङमा पनि वन क्षेत्रमा डढेलो व्यापक मात्रामा लागेको छ । 

sarbottam cement

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालले वन जंगलमा डढेलो लाग्दा वायु प्रदूषण बढेकाले अत्यावश्यक काममा बाहेक बाहिर ननिस्न आग्रह गरेका छन् । 

वायु प्रदूषणका कारण फोक्सो क्यान्सर, मुटुसम्बन्धी रोग, मस्तिष्कघात, हृदयघात जस्ता समस्या देखिने चिकित्सकको भनाइ छ । नेपालमा वर्षेनी वायु प्रदूषणका कारण ३० देखि ३५ हजार मानिसको मृत्यु हुने गरेको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्