बाह्रखरी
भर्खरै
sticky  ncell
Samsung
coke
Samsung
coke
देश प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
डिजिटलमैत्री बन्दै त्रिवि : अब करोडौँ पुस्तक घरमै बसेर पढ्न सकिने
Godraj nepal
Godraj nepal
बाह्रखरी - मंगलबार, चैत २४, २०७७
Laxmi Bank
Laxmi Bank

काठमाडौं । कोभिड–१९ ले सबैभन्दा प्रभावित हुने क्षेत्रमध्ये शिक्षा पनि एक हो । कोरोना कहरले विद्यार्थीहरू विद्यालय जान पाएनन् । कोरोना कहरले अवरुद्ध बनेको शिक्षा क्षेत्रलाई चलायमान बनाउन विभिन्न वैकल्पिक उपाय खोजिए । नेपालमा त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्‍यो । त्रिविका आंगिक क्याम्पसहरू, निजी क्याम्पस र विद्यालयले पनि अनलाइनमार्फत कक्षाहरू सञ्चालन गरे ।

त्रिविमा डिजिटल पुस्तकालय त पहिला पनि थियो । तर, अनलाइनमा भएका किताबको ‘रिमोर्ट एक्सेस’(टाढा बसेर प्रयोग गर्न सकिने) भने थिएन । सन् २०१६ मा त्रिविले बेलायतको आईएनएएसपीबाट चारवटा डेटाबेस किनेको थियो । जसमा इम्राल्ड, इब्स्कोहोस्ट, क्याम्ब्रिज युनिभर्सिटी प्रेस जर्नल, ओइसीटी र फ्री एण्ड ओपन एक्सेस थिए । ४७ लाख रुपैयाँमा किनिएका ती डेटाबेसमा रिमोर्ट एक्सेस भने थिएन । पुस्तक र थेसिसबारे जानकारी दिने ती सफ्टवेयर विद्यार्थी, प्राध्यापक र अनुसन्धानकर्ताका लागि निकै नै उपयोगी थिए । तर, त्यो हेर्न भने भौतिक रूपमा पुस्तकालयमै उपस्थित हुनुपर्थ्यो ।

लकडाउनबीच पढाइलाई प्रभावकारी बनाउन विश्वविद्यालयले अनलाइन कक्षा त चलायो तर तिनलाई सहयोग गर्न डिजिटल पुस्तकालयको अभाव खड्कियो । अन्ततः विश्वविद्यालयका पदाधिकारी, प्राध्यापक र कर्मचारी सबै बसेर डिजिटल पुस्तकालयको अवधारणा कार्यान्वयनमा ल्याएको त्रिवि केन्द्रीय पुस्तकालयका पुस्तकालय प्रमुख पूर्णलाल श्रेष्ठ बताउँछन् ।

Rohto Landing

Agani Group

यसका लागि पुस्तकालयले भारतको नेसनल डिजिटल लाइब्रेरी अफ इन्डियासँग सहकार्य गरेको छ । उक्त पुस्तकालयमा अनलाइनमा मात्रै चार करोड ५० हजार स्रोत छन् । किताब, थेसिस डिजर्टेसन, जर्नल, पिरियोडिकल जर्नल, श्रव्यदृश्य, कक्षाकोठाका श्रव्य र विद्यालयस्तर पुस्तकसमेत त्यहाँ उपलब्ध छन् । श्रेष्ठका अनुसार सो पुस्तकालयमा नेपालबाट १५ हजार प्रयोगकर्ताले रिमोट एक्सेस पाउनेछन् ।

यस्तै, पुस्तकालयले प्रोक्वेस्ट डेटाबेस किनेको छ । सो डेटाबेस विभिन्न विश्वविद्यालयमा पढाइ हुने साढे चार लाख नयाँ पुस्तक छन् । प्रख्यात विश्वविद्यालयका स्नातकोत्तर, एमफील र पीएचडीका पाँच लाखभन्दा बढी थेसिस डिजर्टेसन, ६ लाखभन्दा बढी पिरियड जर्नल त्यहाँ छन् । यी सबैको रिमोट एक्सेस पनि छ ।

sarbottam cement

त्रिविका आफ्नै चार लाख १० हजार किताब छन् । त्यसमध्ये एक लाख ५० हजार मात्र अनलाइनमा उपलब्ध छ । नयाँ–नयाँ किताब सबैको डेटा इन्ट्री भएको श्रेष्ठको दाबी छ । उनका अनुसार ई–पुस्तकालयमा के–कति किताब छन् भनेर सबै हेर्न मिल्छ । त्रिविको पुस्तकालयमा रहेका ५० हजार थेसिसमध्ये दुई हजार अनलाइनमा राखिएको छ ।

यस्तै, त्रिविको पुस्तकालयले सन् २००० देखि नयाँ पुस्तकको आईएसबीएन दर्ता गर्दै आएको छ । पुस्तकको अन्तर्राष्ट्रिय मापदण्ड पूरा गर्न र नेपालमा कति पुस्तक प्रकाशित भए भन्ने तथ्यांक राख्न बनाइएको आईएसबीएन प्रणालीमा हालसम्म ६० हजार पुस्तक दर्ता भइसकेका छन् । यसलाई पनि पुस्तकालयले अनलाइनमा राख्दै छ । श्रेष्ठ भन्छन्, “सबैले अनलाइनबाट कति पुस्तक रहेछ भनेर हेर्न सक्ने भए । यो किताबबारे संसारभरि थाहा हुने भयो । आईएसबीएन नम्बर राख्नेबित्तिकै पुस्तकको पूर्ण जानकारी आउनेछ ।”

ई–पुस्तकालयबारे अभिमुखीकरण तालिम 
अनलाइनमा के–कति किताब छन्, ती के–कसरी चलाउन सकिन्छ भन्ने बारेमा त्रिविको केन्द्रीय पुस्तकालयले चैत महिनाभरि ५० वटा कार्यक्रम मुलुकभरि सञ्चालन गरिरहेको छ । अहिले पुस्तकालयले विश्वविद्यालय, क्याम्पस र प्रदेशस्तरमा माइक्रोसफ्ट टिमबाट प्राध्यापक, विद्यार्थी र कर्मचारीलाई पालैपालो तालिम दिइरहको श्रेष्ठले जानकारी दिए ।

पुुस्तकालयले ३२ लाख तिरेर ल्याएको सफ्टवेयर मुलुकै सम्पत्ति रहेकाले थोरै पैसामा निजी र सामुदायिक कलेजलाई दिने व्यवस्था गरिएको छ । श्रेष्ठ भन्छन्, “यो राष्ट्रिय सम्पत्ति हो, सबैले यसको प्रयोग गर्न पाउनुपर्छ । यसको अधिकतम प्रयोगका लागि बरु थोरै शुल्क लिने तर सबैलाई प्रयोग गर्न दिने हाम्रो लक्ष्य छ ।”

डिजिटल पुस्तकालयमा सबै विश्वविद्यालयको पहुँच
त्रिविले नीति बनाएर डिजिटल पुस्तकालय चलाउन सुरु गरिसकेको छ । विश्वविद्यालयले प्रतिवर्ष एक लाख तिरेर डिजिटल पुस्तकालयमा पहुुँच पाउन सक्छन् । सामुदायिक र निजी कलेजले वार्षिक रूपमा १२ हजार रुपैयाँ मात्र तिरेर डिजिटल पुस्तकालयको प्रयोग गर्न सक्छन् । विद्यार्थीले भने एकजना प्रयोगकर्ताले २०० तिरे पुस्तकालय प्रयोग गर्न पाउँछन् ।

त्रिविमा अध्ययनरत र अध्यापनरतको हकमा प्याकल्टी, कर्मचारी र विद्यार्थीलाई पुस्तकालयले इमेल आईडी दिएको छ । यस्तै, अन्य विश्वविद्यालयको हकमा उनीहरूको जुन इमेल आईडी पठाउँछन्, त्यही नाममा पुस्तकालय प्रयोग गर्न पाउँछन् । नेपाल खुला विश्वविद्यालयले त्रिविको डिजिटल पुस्तकालयसँग अनुुबन्ध गरी प्रयोग गर्न थालिसकेको छ ।

इन्टरनेट भएपछि मोबाइल, ल्यापटप वा यात्रामा बस्दा मुलुुकभर जहाँ भए पनि डिजिटल पुस्तकालय प्रयोग गर्न पाइनेछ ।

मुलुकभरका सार्वजनिक वा निजी पुस्तकालयले चाहेमा त्रिविको डिजिटल पुस्तकालयमा पहुुँच दिन सकिने श्रेष्ठ बताउँछन् । यस्तै, भारतीय पुस्तकालयमा विद्यालयस्तरका पुस्तक भएका कारण विद्यालयले चाहेमा त्यहाँ पनि दिन सकिने उनको भनाइ छ ।

बौद्धिक चोरी नियन्त्रणका लागि सफ्टवेयर
थेसिस किनबेच हुने तथा हुबहु सार्ने नेपालको पुरानै रोग हो । पछिल्लो समय त्रिविका वरिष्ठ प्राध्यापकदेखि उपकुलपतिसम्म त्रिविकै अनुसन्धानले बौद्धिक चोरीमा संलग्न रहेको देखाएको छ । यस्तोमा बौद्धिक चोरी नियन्त्रण गर्न र विश्वविद्यालयको विश्वसनीयता कायम गरी गुणस्तर बढाउन त्रिविले करिब २४ लाख खर्चेर ‘एन्टी प्लेगियारिजम सफ्टवेयर’ किन्ने तयारी गरेको छ । सफ्टवेयरबाट अरूको चोरी भए/नभएको तुरुन्तै थाहा हुने बताइएको छ । नेपालीमा लेखिएका थेसिसलाई समेत सूक्ष्म रूपमा मूल्यांकन गर्न सक्ने उक्त सफ्टवेयर प्रभावकारी साबित हुने त्रिविको विश्वास छ । उक्त सफ्टवेयरले कति प्रतिशत चोरी भएको भन्ने समेत देखाउने पुस्तकालय प्रमुख श्रेष्ठको भनाइ छ ।

विश्व विद्यालयले बौद्धिक चोरी गरेको १५ देखि २० प्रतिशतसम्म छुुट दिने अन्तर्राष्ट्रिय चलन छ । श्रेष्ठका अनुसार भारतमा विश्वविद्यालय हेरेर १० देखि २० प्रतिशतसम्मको चोरीलाई छुुट दिने गरिन्छ ।

ई–पुस्तकालय
इन्टरनेटको विकाससँगै ई–पुस्तकालयको सुरुवात भएको पाइन्छ । प्रोजेक्ट गुटेनबर्ग विश्वको पहिलो ई–पुस्तकालय रहेको विश्वास गरिन्छ । सन् १९७१ माइकल एस हार्टले स्थापना गरेको प्रोजेक्ट गुटेनबर्गमा संसारभरिका ६० हजारभन्दा बढी पुस्तक उपलब्ध छन् । विभिन्न फर्म्याटमा डाउनलोड गर्न सकिने गुटेनबर्ग अनलाइन पुस्तक पारखीमाझ चर्चित छ । हार्टले कागजी पुस्तकलाई डिजिटल पुस्तकमा रूपान्तरण गरेर विश्वमा नै क्रान्ति ल्याएका हुुन् ।

हाल दिनप्रतिदिन अनलाइनमा पुस्तक पढ्नेहरूको संख्यामा वृद्धि भइहरेको छ । यसैलाई मध्यनजर गरेर किन्डलजस्ता पैसा तिरेर पढ्न सकिने सफ्टवेयरहरूको विकास भइरहेको छ ।

निःशुल्क उपलब्ध हुने अनलाइन पुस्तकालय
त्रिविबाहेक अनलाइनमा पढ्न रुचाउने पाठकले नेपालस्थित ब्रिटिस काउन्सिलको डिजिटल पुस्तकालयमा गएर पढ्न सक्छन् । यो https://www.britishcouncil.org.np/digital-library-nepal लिंकमा गएर दर्ता गरेपछि प्रयोगकर्ताले संसारभरिकै पुस्तक, पत्रपत्रिका, अडियो, भिडियो, पाठ्यपुस्तक, उपन्यास, कमिक्स र ग्राफिक्समा सहज पहुँच पाउँछन् ।

विद्यालयस्तरका बालबालिकालाई समेत लक्षित गरेर विभिन्न पाठ्यपुस्तक र सन्दर्भ सामग्री राखिएको ई–पुस्तकालय सन् २००८ देखि सञ्चालनमा छ । यो https://pustakalaya.org/en/ लिंकमा गएर दस्तावेज, किताब, चित्र, श्रव्यदृश्यदेखि शिक्षकका लागि पढाउन सहयोगी सन्दर्भ सामग्री पढ्न सकिन्छ । डाउनलोड गरेर समेत पढ्न सकिने ई–पुस्तकालयमा चर्चित नेपाली उपन्यासहरू समेत राखिएको छ ।

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
मंगलबार, चैत २४, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्