site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
मेलम्ची खानेपानी धारामा कि सडकमा ? 
Ghorahi CementGhorahi Cement

काठमाडौं । बाइस वर्षपछि राष्ट्रिय गौरवको आयोजना मेलम्चीको पानी राजधानीमा वितरण भइरहँदा सडकमा पानी चुहावट हुने क्रम बढ्दो छ । पुरानो पाइपबाट पठाइएको पानी उपत्यकामा वितरण गर्ने क्रम बढ्दै जाँदा चुहावट पनि बढ्दै गएको छ ।

बानेश्वर चोकमा भेटिएका रेशम गौतम पछिल्लो समय मेलम्चीको पानीले सडक जलमग्न भएको बताउँछन् । उनी मेलम्चीको पानी राजधानीमा आयो भन्दै खुसीयाली मनाइरहँदा सडक जलमग्न भएकोतर्फ सरोकारवाला पक्षले ध्यान नदिएको बताउँछन् ।

उनले बानेश्वर चोकैमा चुहावट भइरहेको पानीलाई देखाउँदै भने, ‘‘यहाँ तीन÷चार दिनदेखि साँझपख पानी चुहिरहन्छ । तर, कसैले पनि वास्ता गर्दैन । मेलम्चीबाट राजधानीमा ल्याइएको सबै पानी नपठाउँदै सडक जलमग्न भएका छन् । सुक्खा समयमा त यसरी सडक जलमग्न छन्, बर्खाको समयमा झन् के होला ? मेलम्चीको पानी काठमाडौंमा आएर मात्रै के गर्नु ? आधाजति सडककै चुहावट हुन्छ । आधा पानी सडकमा जान्छ त कसरी राजधानीवासीको माग पूरा हुनु ?”

Agni Group

केही दिनअघि पूर्वमन्त्रीदेखि प्रधानमन्त्रीसम्म मेलम्ची खानेपानीको जस लिने होडबाजीमा थिए । केही दिनअगाडि प्रधानमन्त्री केपी शर्मा ओली मेलम्ची पानी ल्याएको जस लिन विभिन्न कार्यक्रममा दौडिएका थिए । त्यसै क्रममा खानेपानी मन्त्रालयले केयूकेएलले उद्घाटन गरेको कार्यक्रममा आपत्ति जनाउँदै पुनः दोस्रोपटक उद्घाटन कार्यक्रम आयोजना गर्‍यो ।

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले चुहावट भएका सडकमा मर्मत गर्दै आएको दाबी गर्दै आएको छ । तर, उपत्यकाका सडकमा हेर्ने हो भने अवस्था बेग्लै छ । बाह्रखरीकर्मी बानेश्वर र त्रिपुरेश्वरका सडकमा पुग्दा मेलम्चीको खानेपानी चुहावट भई सडक जलमग्न भएको देखियो । केयूकेएलले राजधानीमा मेलम्चीको पानी वितरण गरिरहँदा पानी पथान्तरणमा सरकारको झिनो प्रयास देखिन्छ ।

Global Ime bank

केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्य दैनिक आफूहरुले चुहावट भएका सडकका पाइपलाइन मर्मत गरिरहेको बताउँछन् । ‘‘हामीले दैनिक चुहावट भएका पाइपलाइन मर्मत गरिरहेका छौँ । पुरोना वितरण प्रणालीबाट पानी पथान्तरण भएकाले यसलाई उपभोक्ताले सामान्य रुपमा हेरे हुन्छ,” उनले भने, ‘‘हामीले चाहेर मात्रै हुँदैन, यसमा लामो समय ग्राहकका धारामा पानी वितरण गर्न सकिएन । ती पाइपलाइन त्यसै त जीर्ण थिए, त्यसपछि राजधानीवासीले पानी आउँदैन भनीजीर्ण पाइपलाइन मर्मत गरेनन् । अहिले ती पाइपलाइनमा चुहावट भइरहेको छ । हामीले लामो समयदेखि यही क्षेत्रमा काम गर्दै आएका छौँ ।”

केयूकेएलका प्रवक्ता प्रकाशकुमार राई प्रायः हाउस कनेक्सनका पाइपलाइनबाट मर्मतमा समस्या आएको बताउँछन् । पुरानो पाइपलाइनबाट पठाइएको पानी चुहावट हुनु सामान्य रहेको उनको भनाइ छ । ‘‘लामो प्रतीक्षापछि राजधानीमा पानी वितरण गर्न पाएका छौँ । सुरुसुरुमा पाइपलाइन सकुसल थियो । पहिला सुन्दरीजलको पानी पठाइएको पाइपलाइनबाट पानी चुहावट नहोला भन्ने लागेको थियो । तर, केही स्थानमा चुहावट भइरहेको छ ।”

अहिले पुराना भएका पाइप फुटेर पानी चुहावट भएको उनको भनाइ छ । ‘‘हुन त केयूकेएलको उद्देश्य भनेको राजधानीवासीलाई सहज रुपमा पानी पिलाउने नै हो । तर, विभिन्न समस्याका कारण चुहावट भइरहन्छ । त्यसैले त हामीले पानी वितरण प्रणालीलाई चरण–चरण गरी पथान्तरण गर्दै आएका छौँ,” प्रवक्ता राईले भने, ‘‘केयूकेएलले जतिसक्दो छिटो पानीको चुहावट रोक्ने हो । हामीले पुरानो वितरण प्रणालीका पाइपलाइन मर्मत–सम्भार गरी पानी पथान्तरण गरिरहेका छौँ । ग्राहकलाई विनाकाम पानी प्रयोग नगर्नसमेत आग्रह गरेका छौँ ।”

उनका अनुसार पुरानो पाइपलाइनबाट साढे आठ करोड लिटर पानी काठमाडौंका धारामा पठाइएको छ । ‘‘हामीले आज पनि धेरै ठाउँका चुहावटको मर्मत गर्‍यौँ । पानी चुहावटको ठोस समस्या पहिचान गरी समस्या समाधानतर्फ लाग्छौँ,” उनले भने, ‘‘यसपछि मेलम्ची खानेपानी उपआयोजना २ उपनिर्देशनालयले पुनः साढे आठ करोड लिटर पानी पठाउँछ । त्यसपछि हामीले धारामा वितरण थाल्छौँ ।”

बर्खामा पानी बढाउँछौँ
निर्देशक शाक्य राजधानीवासीको पानीको माग ४३ करोड लिटर भएकाले बर्खामा बढी पानी वितरण हुने बताउँछन् । उनले  बर्खायाममा चुहावट भए पनि पानीको मात्रा बढाएर ग्राहकलाई पानी वितरण गर्ने जानकारी दिए । ‘‘राजधानीवासीको माग बढ्दो छ । अहिले आएको पानीले राजधानीवासीलाई आधा पनि धान्दैन । बर्खामा पानीका स्रोत बढ्छ । त्यसैले हामी बर्खामा अझ बढी पानी वितरण गर्नेछौँ,” उनले भने ।

चुहावट रोक्न केयूकेएलको र्‍​​​​​​​यापिड रेस्पोन्स टिम
केयूकेएलका अनुसार सडकमा पानी चुहावट रोक्न र्‍यापिड रेस्पोन्स टिम खटिएको छ । पानी वितरणको समय तालिका परिवर्तनदेखि   चुहावट भए पानी पठाउन रोक लगाउने काम उक्त टिमले गर्दै आएको केयूकेएलको भनाइ छ । रातिको समयमा चुहावट भएका ठाउँमा गई पाइप मर्मत–सम्भार गरिरहेको केयूकेएलले जनाएको छ । जसरी भए पनि राजधानीवासीलाई पानीको आपूर्ति पूरा गर्ने केयूकेएलको दाबी छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ११:०४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC