site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सतिप्रथा अन्त्यका लागि योगमायाको ठूलो योगदान : प्रदेश प्रमुख अधिकारी
Sarbottam CementSarbottam Cement

मोरङ । प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले योगमायाले राणा शासनकालमा सतिप्रथा अन्त्यका लागि गरेको योगदान स्मरणीय रहेको बताएका छन् । 

मोरङको ग्रामथान गाउँपालिकास्थित झोराहाट नाटकघरमा सोमबार ‘योगमाया’ नाटक अवलोकन गरेपछि उनले दुर्गम भोजपुरजस्तो पहाडी भूभागमा रहेर सतिप्रथा एवं जहानियाँ राणा शासन अन्त्यमा उनको ठूलो योगदान रहेको चर्चा गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

प्रमुख अधिकारीले ६८ महिलालाई आफूसहित अरुण नदीमा फाल हान्न लगाउने योगमायाको साहसिक कार्यबाट मुलुकमा महिला सङ्गठन निर्माण भएको स्मरण गरे । उनले आशीर्वाद थाप्ने त्यो समयमा विद्रोह गर्नु ठूलो साहस रहेको चर्चा गर्दै महिलाले परिवर्तनका लागि लड्नु भनेको ‘झुण्डाइने वा झुण्डिनु’ मात्र कार्य रहेको भने । 

उनले छुवाछूतलगायत समाजमा रहेको विभेद अन्त्यमा योगमायाको योगदान समाजले अहिलेसम्म स्मरण गरेको चर्चा गर्दै नाट्यघरको विकासका लागि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा नाटकघर सञ्चालक एवं लेखक भरत गुरागाईं ‘बर्बरिक’ले नाटकलाई ग्रामीण क्षेत्रका साथै भोजपुरमा समेत मञ्चन गरिने जानकारी दिए । सो नाटकको निर्देशन तराईका आदिवासी जनजाति प्रदीप सरदारले गरेका थिए । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत २४, २०७७  ०९:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC