site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रदेश–१ मा अविश्वास प्रस्ताव फिर्ता
मुख्यमन्त्री शेरधन राई । फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

विराटनगर । प्रदेश नम्बर–१ प्रदेश सरकारप्रतिको अविश्वास प्रस्ताव आज फिर्ता भएको छ ।

प्रदेशसभाको सातौँ एवं हिउँदे अधिवेशनको चौथो बैठकमा संविधनको धारा १८८(४) तथा प्रदेशसभा नियमावली, २०७४ को नियम १२९ (१) बमोजिम दर्ता भएको प्रदेश नम्बर–१ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव फिर्ता भएको सभामुख प्रदीपकुमार भण्डारीले जानकारी दिए ।

Prabhu Bank
Agni Group
NIC Asia

अविश्वासको प्रस्तावका समर्थक एवं नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारप्रतिको अविश्वासको प्रस्ताव फिर्ता लिए पनि राजनीतिक क्रान्तिको अध्याय समाप्त नभएको बताए । अविश्वासको प्रस्तावका समर्थकको तर्फबाट राजेन्द्रकुमार राईले नयाँ राजनीतिक स्थिति परिवर्तन भएकाले अविश्वासको प्रस्ताव फिर्ता लिएको जानकारी दिए ।

प्रस्ताव र समर्थक दुवैजनाले सरकारले अहिलेसम्म प्रदेशको नामकरण गर्न नसकेको, बजेट पारित भएसँगै खर्च कटौती गरेको, नयाँ योजना नल्याएको र पुरानै योजनाको भुक्तानी गर्न नसकेकोप्रति सरकारको आलोचना गरे ।

Global Ime bank

सदनमा नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले सरकारले काम गर्न नसकेको भन्दै सांसद कोष रकम कुनै पनि हालतमा काट्न नहुने बताए । उनले सरकारलाई खर्चमा मितव्ययीता अपनाउन र जनताप्रति उत्तरदायी बन्नुपर्ने भन्दै ‘जुगा चल्यो, कुरा बुझ्यो’ मानसिकतालाई सरकारले त्याग्नुपर्नेमा जोड दिए ।

संघीय समाजवादी पार्टी संसदीय दलका नेता जयराम यादवले प्रदेश सरकार संघीय सरकारमा निर्भर रहेकोले संघीय राजनीतिको आधारमा प्रदेश संसद्लाई बन्धक बनाउन नहुने तर्क गरे । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च संसदीय दलका नेता विष्णु तुम्बाहाम्फेले सरकार जनताप्रति उतरदायी नरहेको भन्दै सरकारमा सहमतीय प्रणाली लागु हुनुपर्ने धारणा राखे ।

प्रदेशसभा सदस्य प्रतापप्रकाश हाङ्गामले सरकारले विकास र निकासको काम गर्न नसकेको भन्दै संसद् कोष अविलम्ब व्यवस्था गर्न माग गरे । अर्का सदस्य लीला सुब्बाले सरकारले संविधानको मर्म र भावनाअनुसार काम गर्न नसकेको आरोप लगाउँदै डढेलोमा परी समस्यामा परेका जनतालाई राहत वितरण गर्नुपर्ने माग गरे । सदस्य सञ्जाकुमार दनुवारले तीन वर्ष पूरा गर्न लागेको प्रदेश सरकारले अहिलेसम्म प्रदेशको नामकरण गर्न नसक्दा दुःख लागेको बताए ।

प्रदेशसभाको अर्को बैठक यही चैत २६ गते २ः०० बजे बस्ने सभामुख भण्डारीले जानकारी दिए । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  २०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC