अर्थ व्यवसाय
काठमाडौं । सन्राइज बैंक विरगंज शाखा र लायन्स क्लब विरगंजले आ.एम केडिया आई अस्पतालको सहयोगमा विरगंज परसौनिमा निशुल्क आँखा शिविर सम्पन्न गरेको छ ।
बैंकले सामाजिक उत्तरदायित्व अन्र्तगत सर्वसाधारणलाई सहज स्वस्थ्य सुबिधा दिने उद्देश्यसाथ उक्त कार्यक्रम सम्पन्न गरेको जनाएको छ । सो कार्यक्रम सम्पन्न गर्न बैंकले लायन्स क्लब विरगंजलाई १ लाख ८० हजार आर्थिक सहयोग गरेको थियो ।
शिविरमा २ सय ५० जनाको आँखा परीक्षण गरेकोमा १०० जनाको आँखामा समस्या देखिएको थियो । समस्या देखिएका १०० जनाको समेत निशुल्क उपचार हुने जनाइएकोे छ ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७ १८:४२
प्रतिक्रिया दिनुहोस्