बाह्रखरी
sticky  ncell
Samsung
coke
British college
Samsung
coke
British college
अर्थ व्यवसाय प्रतिक्रिया दिनुहोस्
Jagadamba Group
Jagadamba Group
टीबीसी जब फेयर हुँदै
बाह्रखरी - सोमबार, चैत २३, २०७७
Laxmi Bank
Laxmi Bank
Godraj nepal
Godraj nepal

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले ‘टीबीसी जब फेयर – २०२१ को आयोजना गर्ने भएको छ ।

कलेजले थापाथलीस्थित आफ्नै भवनमा आउँदो अप्रिल ९ मा जब फेयरको आयोजना गर्न लागेको जनाएको छ । जब फेयरमा प्रतिष्ठित २५ कम्पनीहरुको सहभागीता रहने कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले बताए ।

Agani Group

कलेजको स्नातक तहमा अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका विद्यार्थी साथै स्नातोकोत्तर तहको एमएस्सी आईटी, ईएमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी हुन पाउने जनाइएको छ । जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका बहुराष्ट्रिय तथा नेपाली कम्पनीहरुको उपस्थिति रहने कलेजले जनाएको छ ।

जब फेयर भन्दा अघि सहभागी हुन चाहने विद्यार्थीहरुले सर्वेक्षण फर्म भर्नुपर्नेछ । जब फेयरमा आउन चाहने विद्यार्थीहरुलाई कलेजले तालिम समेत प्रदान गर्दै आएको जनाएको छ । 

sarbottam cement

Nepal Investment bank
Sunrise bank
Nepal Investment bank
Sunrise bank
सोमबार, चैत २३, २०७७ मा प्रकाशित
TATA Landing
TATA Landing
प्रतिक्रिया दिनुहोस्