site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
क्यान्सर उपचारमा नर्भिकको जाेड : नेपालकै ठूलो ट्यूमर बोर्ड गठन
Sarbottam CementSarbottam Cement

काठमाडौं । विभिन्न खालका क्यान्सरको सबै खाले उपचार विधि र पद्धति विकासमा लागिपरेको नर्भिक इन्टरनेशनल हस्पिटलमा संभवत नेपालकै ठूलो ट्यूमर बोर्ड गठन भएको छ ।

क्यान्सरबाट प्रभावित बिरामीहरुको उपचारमा संभावित सबै विकल्पहरु खोज्ने तथा विदेशकै स्तरीय उपचार सेवा दिने उद्देश्यले नर्भिकमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा ट्यूमर बोर्ड गठन भएको अस्पतालले जनाएको छ ।  

Prabhu Bank
Agni Group
NIC Asia

क्यान्सरका बिरामीलाई संभावित उत्तम उपचार विधिमा समावेश गर्ने हेतूले गठित ट्यूमर बोर्डमा हाल २३ जना विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको छ । बोर्डको आकार बढाउँदै लगिने अस्पतालले जनाएको छ। यस्तो अभ्यास यूरोप/अमेरिकाका स्तरीय अस्पतालहरुमा समेत हुने गर्छ ।

बोर्डमा नर्भिकका अन्कोलोजिस्ट, प्याथोलोजिस्ट, ग्यास्ट्रोलोजिस्ट, गाइनेकोलोजिस्ट, जनरल तथा जीआई सर्जन, पेड्राटिसियन, न्यूरोलोजिस्ट लगायतका विशेषज्ञ चिकिसत्कहरुको सहभागिता छ । यस्तो टिममा अस्पतालको प्रशासन, व्यवस्थापनबाट समेत प्रतिनिधित्व हुने गर्छ ।

Global Ime bank

कुनै फरक खालको क्यान्सरको बिरामीको समस्या तथा त्यसको सही उपचार विधिको पहिचानका लागि समेत यस्ता खाले बोर्डमा छलफल हुने गर्दछ । बोर्डमा सहभागी विभिन्न विशेषज्ञ डाक्टरहरुको राय भिन्न भिन्न आउने भएकोले यस्तो समस्याको उपचारमा सबैभन्दा उत्तम विधिमा जान सकिने चिकित्सकहरु बताउँछन् ।

नर्भिक अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा. राजीव झाका अनुसार बोर्डमा सहभागी विशेषज्ञहरुले कुनै बिरामीको सही उपचार योजनाको विषयमा साप्ताहिक रुपमा छलफल गर्ने गर्दछन् । कुनै एक विशेषज्ञले हेरिरहेको केसलाई सामूहिक रुपमा हेर्ने गरिन्छ र उपचार विधिलाई अझ गुणस्तरीय बनाउने कोशिश गरिन्छ । बोर्डमा कुनै बिरामी, उसको समस्या, भइरहेको उपचार विधि, उसका विभिन्न मेडिकल रिपोर्टहरुको विषयमा समेत छलफल हुने डा. झा बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १८:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC