site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
मेलम्चीको पानी कमलपोखरीमा : अब ब्युँतिएला त ऐतिहासिक पोखरी ? 
Sarbottam CementSarbottam Cement

काठमाडौं । कमलपोखरीलाई सुन्दर बनाउने नाममा काठमाडौं महानगरले जथाभावी रूपमा कंक्रिटको प्रयोग गर्न थालेको भन्दै स्थानीयसहित नागरिक अगुवाले निरन्तर विरोध गरे । विरोधका कारण पोखरी पुनःनिर्माणको कार्यमा अवरोध हुँदै आएको थियो । कमलपोखरीमा ‘कंक्रिटको फूल फुलाउन खोजिएको’ भन्दै नागरिक अभियन्ता, संरक्षणकर्मी र स्थानीयले महानगरको विरोधमा उत्रिएका थिए । नागरिक भयिन्ताहरूले कंक्रिटबाट बनेका संरचनामाथि घन बजारेका थिए । बृहत् नागरिक आन्दोलनले त माटोको टीका लगाएर विरोध प्रदर्शन नै गरेको थियो ।

तर, विरोधको पर्वाह नगरी महानगरले पोखरी निर्माणको कार्य अघि बढाइरहेको थियो । 

पानी नभएपछि पछिल्लो समय कमलपोखरी घाँसे मैदानमा परिणत भएको थियो । तर, मेलम्चीको पानी काठमाडौंमा झरेसँगै सुकेको कमलपोखरी पुनः जीवित हुने आशा पलाएको छ । महानगरले अहिले मेलम्चीको ‘वासिङ’ पानीलाई पोखरीमा हालिरहेको छ । महानगरले मेलम्चीको पानी हालेर कमलपोखरी ब्युँताउने तयारी गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यको महत्वकांक्षी योजनामध्ये एक योजना कमलपोखरी पनि हो । महानगरले पुनःनिर्माणको डिजाइनअनुसार कमलपोखरी ब्यूँताएरै छाड्ने जनाएको छ । विरोधकै कारण कमलपोखरी पुनःनिर्माण गरिसक्नुपर्ने मिति सकिसकेको छ । महानगरले २०७६ असार ६ गते जय धनन्जय र कँडेल जेभीसँग ठेक्का सम्झौता गरेको थियो । उक्त ठेक्का सम्झौताबमोजिम २०७७ असार मसान्तसम्म निर्माण कार्य सकाइसक्नुपर्ने थियो । तर, विरोधले पुनःनिर्माणको काम अहिलेसम्म लम्बिएको महानगरको दाबी छ । 

अहिले महानगरले हटाउनुपर्ने संरचना हटाएर पोखरी वरिपरिका संरचना निर्माण गरी पानी भर्ने काम गरिरहेको छ । 

Global Ime bank

पोखरीमा मेलम्चीको वासिङ पानी भरिदै

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलकाअनुसार चैत २० गतेदेखि मेलम्चीको ‘वासिङ’ पानी पोखरीमा झार्न सुरु गरिएको छ । ‘‘दुई करोड ५० लाख लिटर पानी भरिदैछ । अब साढे दुई करोड लिटर पानी नपुगेसम्म पोखरीमा पानी  छोडिनेछ । छिट्टै कमलपोखरीले डिजाइनअनुसारको पुरानो स्वरूप पाउँनेछ,” उनले भने, ‘‘७० प्रतिशत काम सकिएको छ । यहाँ प्राकृतिक र बाहिरी गरी दुई प्रकारले पानी भरण गरिनेछ ।”

‘पोखरीमा पानी भर्नु सकारात्मक’

कमलपोखरी स्पोर्टस् क्लबका अध्यक्ष भिमसेन मैनाली पोखरीमा पानी भर्ने काम सकारात्मक रहेको बताउँछन् । ‘‘कमलपोखरी महानगरले ब्युँताउँदै छ । यसमा हामी सकारात्मक छौँ,” उनले भने, ‘‘हामीले जलाधार क्षेत्रमा कंक्रिटको प्रयोग नगर्न भन्दै विरोध गर्‍याैं । अहिले महानगरले राम्रो काम गर्दैछ । अब चाँही महानगरले कमलपोखरी ब्युँताउला भन्ने आशा पलाएको छ ।”

स्थानीय सुशान वैद्य सुरुमै महानगरलाई पानी नसुकाउन भन्दै आफूहरूले आग्रह गरेको बताउँछन् । उनी महानगरले पहिले स्थानीयको मागलाई बेवास्ता गर्दै पानी सुकाएको बताउँछन् । ‘‘पोखरीको जलाधार क्षेत्र नष्ट हुँदै माटो चिराचिरा पर्दै गएको थियो । पछि चिराचिरा परेको माटोमा घाँस उम्रिएर कमलपोखरी घाँसे मैदान जस्तै भएको थियो । अहिले महानगरले पानी भर्न सुरु गरेछ, खुसी लाग्यो,” उनले भने, ‘‘पोखरीमा पानी भइरह्यो भने पोखरीको अस्तित्व रहन्छ । अब कमलपोखरीको जलाधार क्षेत्र जोगिन्छ ।”

तर, कमलपोखरीको जलाधार क्षेत्रमा प्रयोग गरिएको कंक्रिटको र पोखरीभित्रको दलदल माटोमा चलाएको डोजरको विरोध भने जारी नै रहेको उनले बताए ।

व्यक्तिगत र राजनीतिक स्वार्थले विकास निर्माणमा अवरोध भयो : मेयर शाक्य

काठमाडौं महानगरपालिकाका मेयर शाक्य स्थानीय सरोकारवाला सबैको छलफलमा कमलपोखरीको पुनःनिर्माण अगाडि बढाएको दाबी गर्दै आएका छन् । अभियन्ताहरूको अनावश्यक विरोधले सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको उनको दाबी छ । कमलपोखरीका स्थानीयले विरोध नगरेर बाहिरका मानिसले मात्रै विरोध गर्ने गरेको उनको जिकिर छ ।

व्यक्तिगत र राजनीतिक स्वार्थले विकास निर्माणका काममा अवरोध हुँदै आएको शाक्य बताउँछन् । विकास निर्माणका काममा हुने गरेको अवरोधले राज्यलाई करोडौंको घाटा भएको उनले बताए । 

महानगरले यही चैत मसान्तसम्म कमलपोखरीको सबै काम सकाउनेगरी काम गरिरहेको जनाएको छ  । करिब २३ रोपनी १४ आना क्षेत्रफलमा फैलिएको कमलपोखरी पुनः निर्माणका लागि ६ करोड ३६ लाख बराबरको बजेट छुट्याइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC