site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
पर्यटक बसमा राख्नै छाडियो स्यानिटाइजर !
Sarbottam CementSarbottam Cement

काठमाडौं । पर्यटक बोक्ने बसमा स्यानिटाइजरको व्यवस्था नभएको गुनासो यात्रुले गरेका छन् । कोभिड–१९ को दोस्रो लहरको आशंका बढिरहँदा काठमाडौंबाट पोखरा, चितवनलगायत क्षेत्रका लागि छुट्ने पर्यटक बसमै स्यानिटाइजर नभएको गुनासो यात्रुले गरेका हुन् । 

“स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै सबै बसमा स्यानिटाइजर हुने भनिएको थियो । तर, बसमा स्यानिटाइजर राखिएको छैन,” यात्रु राधिका पौडेलले भनिन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यता, पर्यटक बस संघका अध्यक्ष इश्वरप्रसाद उपाध्यायले भने पर्यटकले यात्रा गर्ने बस भएकाले स्वास्थ्य सुरक्षालाई ध्यान दिँदै आएको दाबी गरे । उनले संघ मातहतका सबै बस सञ्चालकलाई अनिवार्य स्यानिटाइजर राख्न भनेको बताए । “संघ मातहतका पर्यटक बसमा स्यानिटाइजर राख्ने गरेका थियौं । कुनै बसले स्यानिटाइजर नराखेका रहेछन् भने भोलिबाटै सुधार गर्छौं” उनले प्रतिबद्धता जनाए ।

गत असोज १ गतेदेखि पर्यटक बस सञ्चालनमा छन् । विदेशी पर्यटक नहुँदा स्वदेशी पर्यटक नै विभिन्न ठाउँमा जाने गरेका छन् । अध्यक्ष उपाध्यायका अनुसार संघमा आवद्ध ३५ वटा पर्यटक बसमध्ये हाल एक दर्जन बसमात्रै सञ्चालनमा ल्याइएको छ । “अहिले विदेशी पर्यटक छैनन् । स्वदेशी पर्यटक नै हुन् । यात्रु कम भएका कारण पालो गरेर १०÷१२ वटा मात्रै बस चलाएका छौं” उनले भने ।

Global Ime bank

यात्रा गर्ने क्रममा स्वास्थ्य सुरक्षालाई ध्यान नदिइएको पाइए त्यसको जानकारी दिन समेत उनले आग्रह गरे । “यात्रुको सुरक्षाप्रति हामी संवेदनशील छौं । आगामी दिनमा थप सचेत बन्दै सुधार गर्दै जानेछौं” उनले भने । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७  १२:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC