अर्थ व्यवसाय
काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको प्रमुख कार्यकारी अधिकृतमा उदयराज खतिवडा नियुक्त भएका छन् । चैत १९ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले खतिवडालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको हो । खतिवडाले चैत २६ गतेबाट पदभार ग्रहण गर्दैछन् ।
लघुवित्र क्षेत्रमा २७ वर्षको अनुभव रहेका खतिवडा यसअघि स्वरोजगार लघुवित्तको सीईओ थिए । २०५० सालमा छिमेक लघुवित्तबाट सेवा सुरु गरेका खतिवडाले स्वरोजगार लघुवित्तको संस्थापक सीईओ रुपमा प्रवेश गरेर करिब १० वर्ष काम गरेपछि गत वर्षबाट बाहिरिएका थिए ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७ ११:५६
प्रतिक्रिया दिनुहोस्