अर्थ व्यवसाय
काठमाडौं । सुन–चाँदीको भाउ सामान्य घटेको छ । सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ भने चाँदी तोलामा ५ रुपैयाँले घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबारका लागि छापावल सुनको भाउ तोलाको ८७ हजार २ सय कायम गरेको छ ।
आइतबार तोलाको ८७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य १२ सय ३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । आइतबार तोलाको १२ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।
प्रकाशित मिति: सोमबार, चैत २३, २०७७ ११:४७
प्रतिक्रिया दिनुहोस्