site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नेपाली फर्मेसन परिवर्तन गर्ने समय आयो : फुटबल प्रशिक्षक
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आइतबारदेखि औपचारिक रुपमा प्रो लाइसेन्सप्राप्त प्रशिक्षक पाएको छ । नेपाली र केही विदेशी प्रशिक्षकबाट प्रशिक्षण लिँदै आएको टोलीले अब प्रो लाइसेन्स होल्डर प्रशिक्षकबाट प्रशिक्षण लिनेछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार पत्रकार सम्मेलनको गरी कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताइरीलाई राष्ट्रिय पुरुष फुटबल टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको जनाएको हो ।

नेपाली टोलीलाई यसअघि बालगोपाल महर्जनले प्रशिक्षण दिँदै आएका थिए । उनकै प्रशिक्षकत्वमा नेपालले हालै सम्पन्न त्रिदेशीय फुटबलको उपाधि जितेको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

कतार फुटबल एसोसिएसनले अलमुताइरीलाई नेपाल एक वर्षको प्रशिक्षणका लागि पठाएको हो । ३९ वर्षीय अलमुताइरीले पहिलोपटक राष्ट्रिय टोलीलाई प्रशिक्षण गराउन लागेका हुन् ।

अलमुताइरीले त्रिदेशीय फुटबल पनि हेरेका थिए । त्योभन्दा पहिले पनि आफूले नेपाली खेलाडीको खेल हेरिरहेको उनले बताए । उनले नेपाली टोलीको यू–१९, यू–२३ र राष्ट्रिय टोलीका सबै खेलाडीको खेल हेरेको र उनीहरुले कस्तो खेल्छन् भन्ने विषयमा पनि पूर्ण जानकारी रहेको बताए ।

Global Ime bank

“मैले नेपाली खेलाडीहरुको खेल हेरेको छु । उनीहरुले कस्तो खेल्दछन् भन्ने विषयमा पनि मलाई राम्रो जानकारी छ । नेपाली राष्ट्रिय टोली मात्र होइन, यू–१९ र यू–२३ का खेलाडी र उनीहरुको खेल क्षमताको बारेमा पनि राम्रो जानकारी छ । नेपाली खेलाडीमा धेरै क्षमता छ । मात्र उपयोग गर्ने समय आएको छ । मैले यो एक वर्षमा सकेजति टिमलाई उत्कृष्ट बनाउने प्रयास गर्नेछु,” अलमुताइरीले पत्रकार सम्मेलनमा भने ।

सन् २०११ मा प्रशिक्षण करियर सुरुवात गरेका अलमुताइरीले अहिले राष्ट्रिय टोलीको जिम्मेवारी पाएका हुन् । उनले सन् २०११ मा कुवेतकै युवा टोली हेर्ने अवसर पाएका थिए । त्यसपछि साउदी अरेबियाका क्लब हुँदै कीर्गिस्तानको यू–१६ टोली सम्हालेका थिए । उनी क्लब करियरमा प्रशिक्षकको महत्वपूर्ण भूमिकामा थिए । उनले कतारको अल शाहनी फुटबल क्लब यू–२३ र कीर्गिस्तान यू–१७ टिमसँग काम गरिसकेका छन् ।

उनले उत्कृष्ट प्रदर्शनमा ध्यान दिइने बताए । “नेपाली टोलीलाई तीन वर्षयता नियाल्दै आएको छु । उनीहरुको प्रदर्शन हेर्नलायक छ । उनीहरुको प्रदर्शन हेर्दा राम्रो क्षमता छ । नेपाली समर्थकलाई मैले कहिले निराश बनाउने छैन,” अलमुताइरीले भने ।

अलमुताइरीले अब नेपालको खेल उत्कृष्ट हुने बताए । उनले डिफेन्सिप र मिडफिल्ड मात्र नभएर सबै पोजिसनलाई सम्हाल्दै राम्रो खेल खेल्नुपर्ने बताए । अब यू–२३, यू–१९ तथा यू–१७ टोलीका खेलाडी सबैको खेल क्षमता नियालेर टिम तयार पार्ने उनको भनाइछ ।

उनले नेपालको टिम फर्मेसन पनि राम्रो बनाउने बताए । “नेपाली फर्मेसन परिवर्तन गर्ने समय आएको छ । पहिलेकोभन्दा फरक तरिकाले खेलाउने मेरो योजना छ । मैले टिमलाई ४–३–३ को फर्मेसनमा खेलाउने योजना बनाएको छु । त्यहीअनुसार टिम तयार गर्नेछु,” अलमुताइरीले भने ।

अलमुताइरीले पछिल्लोपटक अल सहानिया फुटबल क्लबको जिम्मेवारी लिएका थिए । उनले अन्तिम ९ खेलमा प्रशिक्षण दिँदै आठौँ स्थानबाट चौथो स्थानसम्म पुर्‍याएका थिए । आफ्नो प्रशिक्षणमा टोलीले ९ खेलमध्ये चारमा जित, चारमा बराबरी र एक हार व्यहोरेको उनले जानकारी दिए ।

अलमुताइरीले विश्वकप छनोटका तीन खेल र साफ च्याम्पियनसिपमा नेपाली टिम हेर्नेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  २१:१९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC