site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
निमा, विजय, मंगल र जुनी सर्वोत्कृष्ट
Ghorahi CementGhorahi Cement

काठमाडौं । निमा घर्ती मगर, विजयी सिन्जाली, मंगलप्रसाद थारु र जुनी राई उसु अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा र पुरुषमा विजयी सिन्जाली सर्वोत्कृष्ट चुनिएका हुन् । सान्सौंको पुरुषमा मंगल र महिलामा जुनी सर्वोत्कृष्ट चुनिए ।

Agni Group

भक्तपुरको सूर्यविनायकस्थित यो यो बैंक्युटमा भएको कार्यक्रममा दीपक हमालले उदीयमान खेलाडीको अवार्ड जिते । सुस्मिता तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ ठहरिन् । आठौं राष्ट्रिय खेलकुद र १३ औं दक्षिण एसियाली खेलकुद    (साग) को प्रदर्शनलाई मध्यनजर गरी खेलाडी छनोट गरिएको आयोजकले जनाएको छ ।

अवार्ड विजेता सबै खेलाडी आठौं राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन् । छ जनै खेलाडी १३ औं सागमा पनि पदक जितेका थिए । मंगल बाहेक सबै खेलाडीले १३ औं सागमा स्वर्ण जितेका थिए । मंगलले भने रजत हात पारेका थिए ।

Global Ime bank

विजेतालाई पूर्व मन्त्री एवं संघीय सांसद महेश बस्नेत, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष समेत रहेका यो योका सञ्चालक श्रीभक्त कासीछवा, राष्ट्रिय खेलकुद परिषद्अन्तर्गत राष्ट्रिय टिम तयारीका निर्देशक महेन्द्रकुमार राई, नागरिक विकास वचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नुनम सुब्बा, हिमाल वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विज्ञान राई, आयोजक कमिटीका संयोजक मन्जुर महर्जन, अवार्ड संयोजक राजीव महर्जनलगायतले एक कार्यक्रमबीच ट्रफी, प्रशंसा पत्र, जनही नगद ५ हजार र गिफ्ट ह्याम्पर प्रदान गरे ।

नागरिक विकास र यो यो बैंक्युटको मुख्य प्रायोजनमा भएको अवार्ड कार्यक्रमका अवसरमा १३ औं सागका प्रशिक्षक तथा लामो समयदेखि उसु प्रशिक्षणमा संलग्न प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC