site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
हेल्प नेपाल शीर्ष स्थानमा
Ghorahi CementGhorahi Cement

काठमाडौं । एपीएफ क्लब र टिपटप हेल्प नेपाल स्पोर्टस् क्लब पाँचौ एनभीए कप राष्ट्रिय महिला तथा पुरुष लिग भलिबल च्याम्पियनसिपमा पुरुषतर्फ शीर्ष स्थानमा उक्लेका छन् ।  

एपीएफले लगातार तीन खेल जित्दै ९ अंकका साथ शीर्ष स्थानमा आफूलाई स्थापित गरेको हो ।  अयस्तै हेल्प नेपालले पनि ३ खेलमा तीनै खेल जित्दै एपीएफसँग समान अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको हो । 

Agni Group

७ क्लबको सहभागिता रहेको च्याम्पियनसिपमा आर्मी र पुलिस ३ खेलमा ६ अंक तथा बुलबुले रारा क्लब ४ खेलमा ६ अंक प्राप्त गरेको छ । नयाँबजार समाज युवा क्लब ३ खेलमा र मणिमुकुन्द क्लब ४ खेलमा अंक जोड्न सकेका छैनन् । 

नेपाल भलिबल संघको आयोजनमा भएको प्रतियोगितामा महिला तर्फ आर्मी क्लब र पुलिसले ३ खेलमा तीनै खेल जित्दै समान ८÷८ अंकका साथ शीर्ष स्थानमा रहेका छन् ।  आर्मीले ह्वाङ्गजी न्यू डायमण्डसँग र पुलिसले एपीएफसँग ५ सेट खेल्दै जित हात पारेका कारण अंक बाँट्न बाध्य भएका थिए । 

Global Ime bank

यस्तै न्यू डायमण्डको ३ खेलबाट ७ अंक रहेको छ भने एपीएफको २ खेलबाट ४ अंक भएको छ । भरतपुर मेट्रोको ३ खेल र ढोरपाटन स्पोर्टस् क्लब ४ खेलमा ० अंकमा रहेका छन् ।

शीर्ष दुई टोलीले फाईनलमा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् ।

आज भएको महिलातर्फको खेलमा पुलिस र आर्मी जित हात पार्‍यो । पुलिसले ढोरपाटन स्पोर्टस् क्लबलाई २५–९, २५–५, २५–५ र आर्मीले भरतपुर मेट्रो क्लबलाई २५–९, २५–८, २५–१३ ले पराजित गरेको हो । 

यस्तै पुरुषतर्फको खेलमा पुलिसले मणि मुकुन्द भलिबल क्लबलाई २५–१८, २५–१९, २५–११ ले पराजित गर्‍यो । तीन भारतीय खेलाडी सहितको टिपटप हेल्प नेपालले तीन पाकिस्तानी खेलाडीले सज्जित बुलबुले रारालाई २१–२५, २५–१८, २६–२४ र २५–२१ को सेटमा पराजित गर्दै ९ अंकका साथ शीर्ष स्थानमा रहन सफल भएको हो ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC