अर्थ व्यवसाय
काठमाडौं । गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज अग्रिमेन्ट) मा हस्ताक्षर गरेको छ ।
सम्झौतामा नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् ।
गोल्छाका अनुसार यो आयोजना ३ महिना भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसको अनुभवबाट अरु आयोजनाहरु पनि विकास गर्दै जाने उनले बताए ।
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७ १८:१३
प्रतिक्रिया दिनुहोस्