site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
चैत मसान्त नजिकिँदै गर्दा एक सातामै ४० अर्बले बढ्यो बैंकको निक्षेप, कर्जा विस्तार पनि आक्रामक
Sarbottam CementSarbottam Cement

काठमाडौं । चैत मसान्त नकिकिएसँगै सरकारले बजेट खर्च बढाउँदा बैंकहरुमा निक्षेप पनि बढेको छ । एक सातामा नै वाणिज्य बैंकहरुले ४० अर्बले निक्षेप बढाएको छन् ।

चैत १४ गते ३८ खर्ब ५० अर्ब रहेको बैंकहरुको कुल निक्षेप एक सातमा नै ४० अर्बले बढेर ३८ खर्ब ९० अर्ब पुगेको नेपाल बैंकर्स संघले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

निक्षेप बढे पनि सोही हाराहारीमा कर्जा पनि बढेको छ । पछिल्लो एक सातामा बैंकहरुले ३९ अर्ब कर्जा विस्तार गरेका छन् । चैत १४ गते ३४ खर्ब ६२ अर्ब रहेको बैंकहरुको कर्जा लगानी चैत २१ गते आउँदा ३९ अर्बले बढेर ३५ खर्ब १ अर्ब पुगेको छ । वाणिज्य बैंकहरुले एक सातामा धेरै निक्षेप बढाएको असोज अन्तिम सातापछि धेरै हो ।

एक सातामा सरकारले पुँजीगत खर्च अपेक्षाकृत बढाउन नसके पनि कुल बजेट खर्च भने उल्लेख्य रुपमा बढाएको छ । जसले गर्दा बैंकहरुमा निक्षेप पनि बढेको हो ।

Global Ime bank

चैत १४ गते ९१ अर्ब ६ करोड ६४ लाख रहेको पुँजीगत चैत २१ गते ९३ अर्ब २६ करोड ५५ लाख पुगेको छ । तर, चैत १४ गते ६ खर्ब २० अर्ब १९ करोड १२ लाख रहेको सरकारको कुल बजेट खर्च चैत २१ गते ६ खर्ब ६६ अर्ब ८४ करोड ८५ लाख  पुगेको  महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

एक सातमा वित्तीय व्यवस्थातर्फ मात्रै १० अर्ब बजेट खर्ब भएको छ । चैत १४ गते ४१ अर्ब ६७ करोड १६ लाख रहेको वित्तीय व्यवस्थातर्फको खर्च चैत २१ गते ५१ अर्ब ६७ करोड १६ लाख पुगेको छ । सरकारको पुँजीगत बजेट खर्च नबढे पनि वित्तीय व्यवस्थातर्फ र चालुतर्फको बजेट खर्बमा भएको वृद्धिले बैंकिङ प्रणालीलाई भने केही राहत दिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC