site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
‘कृषिमा कुन–कुन क्षेत्रमा विदेशी लगानी भित्र्याउने स्पस्ट हुनुपर्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । सांसदहरुले कृषिमा वैदेशिक लगानी भित्र्याउँदा कुन–कुन क्षेत्रमा भित्र्याउने भन्ने स्पष्ट रुपमा उल्लेख हुनुपर्ने बताएका छन् ।

आइतबार प्रतिनिधिसभाअन्तर्गतको उद्योग, वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै सांसदहरुले सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने निर्णय गर्दा कुन–कुन क्षेत्रमा भित्र्याउने हो, स्पष्ट पार्नुपर्ने बताएका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

सरकारले कृषिमा विदेशी लगानी भित्र्याउने भनिए पनि कुन–कुन क्षेत्रमा प्राथमिकता दिने भन्ने स्पष्ट नभएको उनीहरुको भनाइ थियो ।

बैठकमा बोल्दै समिति सभापति विमलप्रसाद श्रीवास्तवले कृषिको कुन–कुन क्षेत्रमा विदेशी लगानी आवश्यक हो, स्पष्ट हुनुपर्ने बताए । स्पष्ट रुपमा विधागत रुपमा छुट्ट्याउनुपर्ने उनले बताए ।

Global Ime bank

सांसद अमृतादेवी अग्रहरीले नेपालको कृषिमा वैदेशिक लगानी आवश्यक रहेको बताइन् । कृषिमा उत्पादन बढाइ निर्यात गर्नका लागि विदेशी लगानी आवश्यक रहेको उनले उल्लेख गरिन् ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव दिनेश भट्टराईले कृषि उत्पादनलाई आत्मनिर्भर बनाउँदै निर्यातको चरणमा जान ठूलो लगानीको आवश्यकता पर्ने भएकाले कृषिमा विदेशी लगानीको आवश्यकता देखिएको बताए । स्वदेशमै रोजगारी सिर्जना गर्न उद्योगहरु स्थापना गर्नका लागि राज्यले आवश्यकता ठानेर नै कृषिमा विदेशी लगानी भित्र्याउन लागेको उनको भनाइ थियो ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव प्रेम नारायण कँडेलले नेपालको प्राथमिक उत्पादनलाई हानि नहुने गरी कृषिमा विदेशी लगानी भित्र्याउनुपर्ने बताए । कृषि क्षेत्रमा लगानी गर्न निजी क्षेत्रहरु पनि आकर्षित रहेको सन्दर्भमा त्यसतर्फ पनि ध्यान दिनुपर्ने उनले बताए ।

कृषिमा विदेशी लगानी खुला गर्ने सन्दर्भमा समितिमा सरोकारवाला निकायसँग विभिन्न चरणमा छलफल भइरहेको छ । आगामी बैठकमा अझ विस्तृत रुपमा सम्बन्धित मन्त्रालयका मन्त्रीसहित बसेर छलफल गर्ने निर्णय भएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १७:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC