site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
जापानमा देखियो खोपको सुरक्षा कम गर्ने कोरोनाभाइरस
Sarbottam CementSarbottam Cement

टोकियो । जापानमा खोपले दिने सुरक्षा कम गर्ने कोरोनाभाइरस भेटिएको जापानको सरकारी समाचार संस्था एनएचकेले जनाएको छ ।

गत महिना टोकियो अस्पतालमा परीक्षण गरिएका मध्ये करिब ७० प्रतिशतमा खोपबाट हुने सुरक्षा घटाउने भाइरस भेटिएको एनएचकेलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मार्चमा टोकियो मेडिकल एन्ड डेन्टल युनिभर्सिटी मेडिकल हस्पिटलमा भेटिएका १४ संक्रमितमध्ये १० जनामा ‘ई४८४के’ म्युटेसन पाइएको प्रतिवेदनमा जनाइएको छ ।

पछिल्लो दुई महिनामा ३६ संक्रमितमध्ये १२ जनामा यो प्रकारको नयाँ भाइरसको संक्रमण देखिएको थियो । उनीहरु न विदेश गएका थिए न त विदेश गएकासँग सम्पर्कमा नै थिए ।

Global Ime bank

आउँदो जुलाइमा हुने ओलम्पिक्सको तयारी चलिरहँदा जापानमा संक्रमणको नयाँ लहर देखिएको छ । शुक्रबार राजधानी टोकियोमा ४४६ संक्रमित भेटिँदा ओसाका सहरमा ६६६ जनामा संक्रमण पुष्टि भएको थियो ।

बेलायतमा भेटिएको उत्परिवर्तित भाइरस जापानका पश्चिमी नगरहरुमा फैलिने क्रम बढेकोप्रति यहाँका स्वास्थ्यविज्ञहरुले चिन्ता व्यक्त गरेका छन् । यद्यपि, टोकियो अस्पतालका बिरामीहरुमा भने बेलायतमा देखिएको भाइरसको संक्रमण नपाइएको एनएचकेले जनाएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, चैत २२, २०७७  १६:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC